
काठमाडौं । एनआईसी एशिया बैंकले शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि फेरी “चमत्कारीक बचत खाता” योजना संचालनमा ल्याएको छ । बैंकले सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक विशेषताहरु भएको उक्त बचत खाता संचालनमा ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले ७ प्रतिशत वार्षिक ब्याज पाउने छन् । त्यस्तै, न्युनतम मौज्दात एक हजार रुपैयाँ, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी लगायत वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार रहेको यस योजनाको विशेष विशेषता हो । साथै, अनलाइनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने छ ।
उपहारहरु:
१.१० ग्राम चाँदीको सिक्काः
यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात एक लाख रुपैयाँ भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।
२. २५ ग्राम चाँदीको सिक्का:
यस बचत खाता खोले पछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात दुई लाख रुपैयाँ भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।
३. २.५ ग्राम सुनको सिक्का:
यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात १५ लाख रुपैयाँ भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।
४. ५ ग्राम सुनको सिक्का:
यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात ३० लाख रुपैयाँ भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।