सन नेपाल र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाण्डौ । सन नेपाल लाइफइन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजितकुमार शाक्यले हस्ताक्षर गरे । सम्झौता पछि सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
पुल्चोक शाखामा एभरेष्ट बैंकको रिटेल एसेटस् सेल उद्घाटन
काठमाडौं । पुल्चोक शाखा कार्यलयमा एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक समुद्घाटन गरेको छ । पुल्चोकमा आयोजित क्रार्यकममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस् सेलले पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । एभरेष्ट बैंकले आफ्ना ९.५ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएमबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
इ-सेवा प्रयोग गरी बैंकबाट ९० लाख रूपैयाँ चोरी, प्रहरीले समात्यो सञ्जयकुमार श्रेष्ठलाई
काठमाडौं । इसेवा, ई–बैकिङ, मोबाइल बैकिङ प्रयोग गरी करिव राष्ट्रिय वाणिज्य बैंकबाट करिब ९० लाख रूपैयाँ चोरी गर्ने व्यक्तिलाई प्रहरीले समातेको छ । इसेवा लगायत इबैकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । राष्ट्रिय वाणिज्य बैकको मुख्य शाखा कार्यालय, विशालबजारमा यूएसडी खाता खोली ई–सेवा, ई–वैंकिङ, मोबाइल वैंकिङ लगाएत वालेट विद्युतीय उपकरणहरुको प्रयोग गरी उनले बैकिङ्ग प्रणालीको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । आफ्नो यूएसडी खातामा अनधिकृत रुपमा ७८ हजार ३८० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिन एटीएम तथा पीओएस मेशिन प्रयोग गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।