
नेपाल इन्भेष्टमेन्ट बैंककाे केन्द्रीय कार्यालय
काठमाडौं । बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ११५ रुपैयाँले घटेको छ । मगलबार प्रतिकित्ता ६८१ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर बुधबार ५६६ रुपैयाँमा झरेको छ ।
बैंकले गत वर्षको नाफा वितरणका लागि आजबाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको १८ प्रतिशत बोनस सेयरसहित ४० प्रतिशत लाभांश पाउने छैनन् ।
बोनस सेयरपछि नेप्सेले मूल्य समायोज गरि यस बैंकको सेयर प्रतिकित्ता ५७७ रुपैयाँ तोकेको छ । समायोजन मूल्यभन्दा ११ रुपैयाँ घटेर शुरुका कारोबार भएको छ ।