कृषि विकास बैंकको सिइओमा अनिल उपाध्याय नियुक्त, मासिक तलब २ लाख ५० हजार

<p>काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बैंकर अनिलकुमार उपाध्याय नियुक्त भएका छन् । खुला प्रतिपर्धाको प्रक्रियाबाट उपाध्याय चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त भएका हुन् । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएको थियो । उनको कार्यकाल सकिनै लाग्दा बैंकले मंसिर २३ गतेसम्म नयाँ सीइओका [&hellip;]</p>


काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बैंकर अनिलकुमार उपाध्याय नियुक्त भएका छन् । खुला प्रतिपर्धाको प्रक्रियाबाट उपाध्याय चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त भएका हुन् ।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएको थियो । उनको कार्यकाल सकिनै लाग्दा बैंकले मंसिर २३ गतेसम्म नयाँ सीइओका लागि आवेदन माग गरेको थियो । कृषि विकास बैंकको सीइओ हुनका लागि बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वित्तीय, वाणिज्यशास्त्र, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

बैंकमा प्रमुख कार्यकारी अधिकृत पदका लागि १७ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनालाई सर्ट लिस्ट गरी ती ५ मध्येबाट उपाध्यायलाई छनौट गरिएको हो । कृषि विकास बैंकका सीइओको मासिक तलव २ लाख ५० हजार रुपैयाँ हुने जनाइएको छ ।

Share News