सिद्धार्थ बैंकका ग्राहकलाई शुभेक्षा इन्टरनेशनल हस्पिटलमा ४० प्रतिशत छुट

काठमाडौं । सीतापाइलाको शुभेक्षा इन्टरनेशनल हस्पिटलले सिद्धार्थ बैंक लिमिटेडका ग्राहकलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । उक्त सेवा दिने सम्बन्धि बिहीबार दुई कम्पनीबीच एक आपसमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र शुभेक्षा इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा सो मात्राको छुट पाउने छन् । साथै, यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् ।

एनआईसी एशियाले ल्यायो च्याटबोट सञ्चालनमा, फेसबुकबाटै कम्पनीसम्बन्धी जिज्ञासाहरु मेट्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सामाजिक सञ्जाल फेसबुक अन्तर्गत “साथी” नामक “च्याटबोट” सञ्चालनमा ल्याएको छ । बैंकले गत पुस १० गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । साथी “च्याटबोट” मार्फत बैंकका ग्राहकहरूले आफ्नो जिज्ञासाहरुको आधिकारीक जवाफ पाउन सक्नेछन् । जसले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने कम्पनीको विश्वास रहेको छ । हाल बैंकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

ज्योति विकास बैंक र चिरायु हस्पिटल एण्ड मेडिकलबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धाराबीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना  सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिबराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिने छ । ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।