काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सामाजिक सञ्जाल फेसबुक अन्तर्गत “साथी” नामक “च्याटबोट” सञ्चालनमा ल्याएको छ । बैंकले गत पुस १० गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
साथी “च्याटबोट” मार्फत बैंकका ग्राहकहरूले आफ्नो जिज्ञासाहरुको आधिकारीक जवाफ पाउन सक्नेछन् । जसले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने कम्पनीको विश्वास रहेको छ ।
हाल बैंकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।