पोखरा स्थित न्युरोडमा सानिमा बैंकको निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । सानिमा बैंकको पोखरा स्थित न्युरोड र बगर शाखाले पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा नि शुल्क आँखा शिविर सम्पन्न गरेको छ । उक्त शिविरको उद्घाटन पोखरा मा.न.पा.वडा नं. २०, कास्कीका वडा अध्यक्ष सिमबहादुर गुरुङ्गले गरेका छन् । पोखरा क्षेत्रका लागि बैकका क्षेत्रिय प्रबन्धक भाबुक तण्डुकारले उद्घाटन सामारोहमा शुभकामना मन्तब्य व्यक्त गर्दै बैंकले आगामी दिनहरुमा पनि स्थानियलाई सहयोग गर्ने जानकारी दिएका छन् । शिविरमा भलाम र मौजाका ३०० स्थानीय वासीको आँखा परीक्षण गरिएको छ । साथै ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारका लागि हिमालय आँखा हस्पिटलमा सिफारिस गरेको छ । सानिमा बैंकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटिएम रहेको छ ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटल, भैसेँपाटीका बीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेशराज महर्जन र नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग हुनेछ । सिद्धार्थ बैंकले हाल देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम र १ हजार १०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

२ छुट्टाछुट्टै स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाण्डौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवाको विस्तार भएको छ । २७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १, मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १८, धरमपुरमा शुरू गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं. १० का वडा सदस्य श्री छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले २७ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए भने २८ औँ शाखारहित बैंकिङ्ग सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्रकुमार गुप्ता र बैंकका प्रदेश नं.५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जानकारी दिएको छ ।