काठमाडौं । सिटिजन्स बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चारलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ ।
देश भित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्म साथ गर्दै बैंकले अनलाइन एएसविए, केवाइसि, मेरो शेयर, स्मार्ट बैंकिङ्ग जस्ता ग्राहकमुखी सुविधाहरू प्रदान गर्दै आएको छ ।
ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।