काठमाडौं । महाराजगंजमा रहेकाे सान्जेन जलविद्युत कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।