सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सवीच बीमा सेवा सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सका नायब प्रमुख कायर्कारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिएका थिए ।

गुल्मीको रिडी बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रिडी बजारको शुभारम्भ गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ । सो समारोहमा प्रमुख अतिथि माननीय प्रदिपकुमार ज्ञवालीले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताउंदै राष्ट्रिय वाणिज्य बैंक जनताकै बैंक भएकोले ढुक्कसंग कारोबार गर्न अनुरोध गरे । सो कार्यक्रममा गुल्मी जिल्ला १ क का प्रदेश सभा सांसद कमलप्रसाद श्रेष्ठले रावा बैंक सरकारी बैंक भएकोले प्राथमिकता क्षेत्रमा कर्जा प्रवाह गर्न विशेष जोड दिनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक विकासको लागि वित्तीय पहुँच विस्तार गरिने वताए । बैंकको पोखरा क्षेत्रका निमित्त प्रवन्धक ऋषिराम ढकालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा रुरु गांउपालिकाका अध्यक्ष निलकण्ठ गौतम, सत्यवती गाउँपालिकाका अध्यक्ष परेश्वर ढकाल, उद्याग वाणिज्य संघ रिडी बजारका अध्यक्ष सुवर्णलाल कक्षपति, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा नवलपरासीकाे गैंडाकोटमा

काठमाडौं । ग्लोबल आइएमई बैंकल नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । प्रदेश सांसद कृष्णचन्द्र नेपालीले औपचारिक समुद्घाटन गरेका छन् । शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गैंडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गर्ने बताएका छन् । ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताएका छन् । कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान,उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । १२ वर्ष अघि स्थापना भएको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पुर्यारउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्स टेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।