काठमाडौं । मुक्तिनाथ विकास बैंकद्धारा नेपाल क्यान्सर सर्पोट ग्रुपलाई सहयोग प्रदान गरेको छ । बैंकले तेह्रौं वार्षिक उत्सवको अवसरमा गैर नाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई रु ५० हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो ।
उक्त चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठलाई प्रदान गरेका थिए । नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।