मेगा बैंकमा विशेष सुबिधा, कस्टमर केयर अफिसरले गर्छन् स्वागत र समन्वय

<p>काठमाडौँ । मेगा बैंकले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ । मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीले बताएका छन् । बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै [&hellip;]</p>

काठमाडौँ । मेगा बैंकले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ । मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीले बताएका छन् । बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले उक्त सुविधा सुरु गरेको सिइओ खुञ्जेलीको भनाइ छ ।

‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने भएको छ ।

Share News