शाइन रेसुङ्गा बैंकद्वारा बनकट्टीमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमा–१४ बनकट्टीका कृषककाबीच बैंकका नायब महा प्रवन्धक लोकराज पनेरु, सामान्य सेवा विभाग प्रमुख लालमणी पन्थीको उपस्थितीमा उक्त कार्यक्रम भएको थियो । क्षेत्रीय स्तरका विकास बैंकहरु मध्ये सर्वोउत्कृष्ट बैंकको रुपमा आफ्नो छवी बनाउन सफल [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बुटवल, रुपन्देहीले वित्तीय सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमा–१४ बनकट्टीका कृषककाबीच बैंकका नायब महा प्रवन्धक लोकराज पनेरु, सामान्य सेवा विभाग प्रमुख लालमणी पन्थीको उपस्थितीमा उक्त कार्यक्रम भएको थियो ।
क्षेत्रीय स्तरका विकास बैंकहरु मध्ये सर्वोउत्कृष्ट बैंकको रुपमा आफ्नो छवी बनाउन सफल शाइन रेसुङ्गा २०६५ साल फागुनमा स्थापना भएको ख वर्गको विकास बैंक हो । एक अर्ब ६२ करोड चुक्तापुँजी भएको बैंकले १५ अर्ब ७५ करोड निक्षेप संकलन गरी १४ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । दुई लाख भन्दाबढी निक्षेप कर्ता र आठ हजार भन्दा बढीले ऋण सुविधा लिएको बैंकका दश जिल्लामा ३९ वटा शाखा सञ्जालहरु रहेका छन् भने अधिकांस शाखाहरु वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रहरुमा रहेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ज्ञान प्रसाद भुर्तेलले बैंकिङ पहुँच नपुगेको क्षेत्रमा शाखा स्थापना गरेर बैंकले किसानहरुका आर्थिक समस्यालाई समाधान गर्ने बताएको छ । त्यसैगरी श्री टिकुलीगढ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जनार्दन यादवले ग्रामिण क्षेत्रमा आएर बैंकले साविकको टिकुलीगढमा सामाजिक उत्तरदायित्व बहन गर्नुका साथै कर्जाको सम्बन्धमा किसानहरुमा देखिएता अन्योलतालाई चीरफार गर्न मद्दत गरेको बताएको छ ।

Share News