मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सेवा सम्बन्धी सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालले छुट दिने भएको छ । तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था रहेको छ ।

एनआईसी एशियाको शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालय सुनसरीका प्रकाशपुर र इनरुवामा विस्तार भएको छ । इनरुवानगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवाशाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट र बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट समुद्घाटन भएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ । बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १५५ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ ।  

स्ट्याण्डर्ड चार्टर्डको लाभक्रेडिट कार्ड धनीलाई भाटभटेनीले दियो पहिलो कारोबारमा २५ प्रतिशत छुट

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोरबीच व्यापारिक सहकार्यमा भएको छ । स्ट्याण्डर्ड चार्टर्ड लाभक्रेडिट कार्ड धनीले भाटभटेनीमा पहिलो पटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता  पाउनेछन् । यसका अतिरिक्त, सह–ब्राण्डको कार्डबाहकहरुले भाटभटेनी सुपर मार्केटहरुमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकहरुलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा निःशुल्क उपलब्ध गराइनेछ । सहकार्यलाई स्मरणीय बनाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सबै क्रेडिट कार्ड धनीहरुका लागि भाटभटेनी सुपरमार्केटमा विद्युतीय उपकरणहरुको खरीदमा ० प्रतिशत स्टा बाइ प्रदान गर्ने घोषणा गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले भाटभटेनी सुपरमार्केटसँग यसप्रकारको साझेदारीको घोषणा गर्न पाएकोमा स्ट्याण्डर्ड चार्टर्ड साझेदारीले दुई संस्थाहरुबीच समन्वय सिर्जना गर्न मद्दत पुग्ने बताएका छन् । सोही अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ्गले स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्तो अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको बैंकसँग साझेदार गरि अगाडी बढ्दा व्यापक लाभ उठाउने बताएका छन् ।