ग्लोबल आईएमई र कतारको दोहा बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक र कतार स्थित दोहा बैंक बीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका छन् । कतारभर २७ शाखा कार्यालय लगायत विभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेको रेमिट्यान्स कारोबारको लागि उक्त दोहा बैंकसँग सम्झौता थियो । उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु तथा आईएमई र जिएमइ का ९ हजार भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । ग्लोबल आईएमईले बैंकिङ्ग सेवाको पहुँच पुर्याउन विभिन्न स्थान शाखा, एक्सटेन्सन काउण्टर एवंम राजश्व संकलन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्टे्रलिया, बेलायत र भारतमा प्रतिनिधि सस्थान कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान आएको छ । रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंकको रुपमा रहेको छ । यस बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
नारायणगढमा सेञ्चुरी बैंकको एटिएम सेवा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनको नारायणगढ शाखा, बेलचोकमा एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमकाे उद्घाटन गरेका छन् । बैंकले काठमाडौं उपत्यकाको १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन भईरहेको जानकारी दिएका छन् । बैंकले हालसम्म ५८ वटा एटिएमबाट सेवा प्रदान गर्ने भएको छ ।
एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस पारित, निक्षेप १ खर्ब ६९ अर्ब नजिक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित भएको छ । बुधबार बसेको बैंकको २१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले कर प्रयोजनको लागि ०.५२६ प्रतिशत अर्थात ४ करोड २२ लाख ६९ हजार ०३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । ८ अर्ब ०३ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १० प्रतिशत बोनस पछि ८ अर्ब ८३ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, बैंकको अधिकृत पुँजी ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । साथै, साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड सहितको गत आर्थिक वर्षको एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आर्थिक वर्ष २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परिक्षकमा नियुक्त गरेको छ । बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।