सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष सञ्चालक समिति सदस्य निर्वाचित भएको थियो । साथै, पुस २९ गते ज्येष्ठ सञ्चालक राजेन्द्रप्रसाद पोखरेलको संयोजकत्वमा बसेको बैठकले राजेन्द्रकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् ।

आरएसडीसी लघुवित्तमा चार जना सञ्चालक निर्वाचित, दाहाल अध्यक्षमा चयन

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका पुस २९ गते सम्पन्न पाँचौ साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी(समूह-क) को तर्फबाट प्रतिनिधित्व गर्ने ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट राजेन्द्रप्रसाद दाहाल, बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट चन्द्रराज शर्मा र व्यक्तिगत लगानीकर्ताका तर्फबाट विष्णुप्रसाद पौड्याल र हरिप्रसाद भट्टराईलाई निर्वाचित गरेको कम्पनी सचिव दामोदर जोशीले जनाएका छन् । यसैबीच, पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले राजेन्द्रप्रसाद दाहाललाई अध्यक्षमा चयन गरेको छ ।

बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुरुवात भएको छ । यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बझाङको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्कबहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको उद्घाटन गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार एवं निरन्तर सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जानकारी दिएको छ ।