नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे १२ अर्ब नाघ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको ३२औँ साधारणसभाले कम्पनीको २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने भएको छ । १८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो वर्ष पनि सोही परिमाणमा लाभांश दिएको थियो तर अघिल्लो वर्ष बोनस सेयरको हिस्सा १५ रुपैंया मात्र थियो भने बाँकी २५ प्रतिशत नगद लाभांश दिइएको थियो । त्यसैगरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने सेयरधनीकोष रकम २४ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यस बैंकको सेयरधनीकोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ । आ.व. २०७४–७५ मा ४ अर्ब ९५ करोड रुपैयाँको सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर १२० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ । आइतबार बैंकको सेयर मूल्यमा समान्य वृद्धि भएको छ । बिहीबार प्रतिकित्ता ५४७ रुपैयाँ रहेको बैंकको सेयर आइतबारको बजारमा बढेर प्रतिकित्ता ५५५ रुपैयाँसम्म कारोबार भएको छ ।
दार्चुलामा माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलास्थित अपि हिमाल र व्याँस शाखा कार्यालय सञ्चालमा ल्याएको छ ।बैंकले दार्चुलाको अपि हिमाल गाँउपालिकास्थित अपि हिमाल शाखा कार्यालय र व्याँस गाँउपालिकास्थित व्याँस शाखा कार्यालयको औपचारिक रुपमा सुरुवात गरेको छ । अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाँउपालिका र व्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक भएको छ । नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुविधा उपलब्ध गराएको छ । हाल ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ
किसान माइक्रोफाइनान्सको ४ हजार कित्ता शेयर लिलामीमा
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जारी गरेको हकप्रदमा बिक्री नभएका ४ हजार कित्ता भन्दा बढी शेयर लिलामीमा आउने भएको छ । माइक्रोफाइनान्सले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म खुल्ला गरेको हकप्रद शेयरमा ४ हजार ९७ कित्ता साधारण र १८३ कित्ता संस्थापक शेयरका लागि आवेदन परेको थिएन । उक्त शेयर आवेदन माघ ६ गतेदेखि माघ १३ गतेसम्म खुल्ने जनाइएको छ । उक्त शेयर आवेदन सिभिल बैंकको सुन्धारास्थित केन्द्रीय कार्यालय, सिभिल बैंकका उपत्यका बाहिरका मुख्य शहरका शाखाहरु र किसान माइक्रोफाइनान्सका सबै शाखाहरुबाट गर्न सकिने बताइएको छ । उक्त शेयरका लागि न्यूनतम १०० कित्ता र १० ले भाग जाने अंकमा शेयर आवेदन गर्न सकिनेछ ।