तीनवटा प्रदेशमा सेञ्चुरी बैंकको कार्यालय

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको हो । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।  बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।

सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको हो ।

यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।  बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु  रहेककाे छ ।

उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Share News