महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’ योजना, दराजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताले न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको खरिदमा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन् । 

त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका अनुसार यो योजना हरेक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा उपलब्ध हुने र पहिलो आउने ग्राहकलाई प्राथमिकता दिइने भएकाले ग्राहकले समयमै योजनाको लाभ लिन सक्नेछन् ।

डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई आधुनिक, सुरक्षित र नगदरहित बैंकिङ सेवाको प्रयोगमा थप आकर्षित गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ । 

यस्ता योजनाले ग्राहकलाई दैनिक कारोबारमा सुविधा, बचत तथा थप मूल्य प्रदान गर्ने बैंकको विश्वास छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।

Share News