काठमाडौं । देशको सबै प्रदेशमा जनता बैंकको प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ ।
प्रदेश १ को ट्रफिकचोक, विराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटललाइन, बुटवल, कर्णाली प्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुर पश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याइएको हो ।
प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवाप्रवाह स्तरीय तथा सरल हुने विश्वास लिईएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा बनाउन साधन श्रोत थप गर्न लागेको छ ।
बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ प्रदेशमा हाल १२९ शाखा, ५० शाखा रहित बैंकिङ्ग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।