बैंकका कर्मचारीलाई नरोक्न गृहको निर्देशन, भोलिदेखि सजिलै आवतजावत गर्न पाउने

काठमाडौं। गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । । गृह मन्त्रालयले बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो। गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाबीच आधारभुत्त बैकिङ सेवा नरोक्न निर्देशन दिएको हो । ‘स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई आधारभुत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई जारी गरिएको सुचना बमोजिम आधारभुत बैंकिङ सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहजिकरणका लागि यसैलाई संलग्न राखी पठाइएको व्यहोरा आदेश अनुसार अनुरोध छ,’ पत्रमा भनिएकाे छ । बिहीबार काठमाडौं उपत्यकामा प्रहरीले बैंकका कर्मचारीहरुलाई कार्यालय जाने क्रममा रोकेपछि नेपाल बैंकर्स संघले बैंकका शाखा नखोल्न निर्देशन दिएको थियो । सरकारले अत्यावश्यक सेवा अन्तरगत राखेको बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको भन्दै नेपाल बैंकर्स एसोसिएनले उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय गरेकाे थियाे ।

बैंकहरुको वितरणयोग्य नाफाः ३ वटाको स्थान स्थीर, १२ वटाको तलमाथि

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षमा सेयरधनीलाई दिने वितरणयोग्य नाफाका आधारमा आफ्नो स्थान परिवर्तन गरेका छन् । नविल बैंकले भने अघिल्लो आर्थिक वर्षमा जस्तै पहिलो स्थान सुरक्षित गरेको छ । बैंकहरुले प्रकाशित गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नविलसहित ३ वटा वाणिज्य बैंकको स्थान परिवर्तन भएको छैन । आर्थिक वर्ष २०७५/७६ मा जस्तै गरी आर्थिक वर्ष २०७६/७७ मा पनि नविल पहिलो स्थानमा छ । यस्तै, कृषि विकास बैंक र सिभिल बैंकको स्थान पनि परिवर्तन भएको छैन । वितरणयोग्य नाफाका अनुसार नविल बैंक पहिलो स्थानमा नै छ । यस्तै, कृषि विकास बैंक ५औं स्थानमा नै र सिभिल बैंक २७औं स्थानमा छ । वितरणयोग्य नाफाका हिसावले १२ वटा वाणिज्य बैंकले आफ्नो स्थान सुधार गरेका छन् । नेपाल बैंक तेस्रो स्थानबाट दोस्रो, ग्लोबल आइएमई बैंक चौथो स्थानबाट तेस्रो, एभरेष्ट बैंक ६औं स्थानबाट चौथो र प्राइम बैंक १३औं स्थानबाट ६औं स्थानमा आएको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ९औं स्थानबाट ७औं, एनएमबी बैंक १९औं स्थानबाट ९औं, मेगा बैंक १६औं स्थानबाट ११औं स्थानमा, माछापुच्छ्रे बैंक १७औं स्थानबाट १६औं स्थानमा, सिटिजन्स बैंक इन्टरनेसनल २२औं स्थानबाट १९औं स्थानमा, लक्ष्मी बैंक २१औं स्थानबाट २०औं स्थानमा, कुमारी बैंक २६औं स्थानबाट २१औं स्थानमा र सेन्चुरी बैंक २८औं स्थानबाट २६औं स्थानमा आएको छ । आव २०७५/७६ सम्म २८ वटा वाणिज्य बैंक थिए । गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ वटा वाणिज्य बैंकले वितरणयोग्य नाफाका आधारमा आफ्नो स्थान गुमाएर तल झरेका छन् । यसरी झर्नेहरुमा एनआईसी एसिया बैंक ७औं स्थानबाट ८औं स्थानमा, हिमालयन बैंक ८औं स्थानबाट १०औं, प्रभु बैंक १०औं स्थानबाट १२औं स्थानमा, सानिमा बैंक १२औं स्थानबाट १३औं स्थानमा, राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानबाट १४औं स्थानमा पुगेको छ । यस्तै, नेपाल एसबीआई बैंक १४औं स्थानबाट १५औं स्थानमा, एनसीसी बैंक २०औं स्थानबाट २२औं स्थानमा, नेपाल इन्भेष्टमेन्ट बैंक १५औं स्थानबाट २३औं स्थानमा, सनराइज बैंक २३औं स्थानबाट २४औं स्थानमा र एनबी बैंक २४औं स्थानबाट २५औं स्थानमा पुगेको छ ।

प्रहरीले बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि… (तस्विरमा हेर्नुहाेस्)

काठमाडाैं ।  गएरातिबाट जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको छ । प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपछि बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो । सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ । मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सिमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ । कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ । बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन । जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन । सिमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढा टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बसेका हुन् । बौद्ध जोरपाटीबाट प्रभु बैंकको मुख्य कार्यालयमा सेवा लिन आएका बलराम श्रेष्ठले महामारीको बेला टाढाबाट आउँदा पनि सेवा नपाउँदा दुःख भएको बताए । काठमाडौंमा ५ वटा शाखामात्रै खुला हुने जानकारी साथीमार्फत पाएको उल्लेख गर्दै उनले सबैभन्दा नजिक पर्ने मुख्य कार्यालय भएकाले आएको बताए । बैंकले कर्मचारीहरुलई बाटोमै रोकेका कारण कार्यालयहरु बन्द भएको जानकारी आफुलाई दिएको उनले बताए । भोली समेत कार्यालय खुल्ने नखुल्ने एकिन नभएको जानकारी आफुले पाएको उनले बताए । प्रशासनसँग काठमाडौं जिल्लामा ५, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्नदिने सहमति भएपनि त्यसो नभएको संघको भनाई छ । प्रहरीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राखेको छ ।