काठमाडाैं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको समयमा पनि स्थानीय प्रशासनसँग समन्वय गरेर रेमिट्यान्स भुक्तानी गर्न निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले एक निर्देशन सार्वजनिक गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ताे निर्देशन दिएको हो ।
राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि काउन्टर खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन पनि समस्या पर्न सक्ने बताउँदै स्थानीय प्रशासन सँग समन्वय गरेर भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी रेमिट्यान्स फ्रड ट्रान्सर्फर तथा विदेशी मुद्रा सटही गर्ने एवम सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंक मार्फत हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
आफु अन्तर्गतका निकायहरुलाई स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी भिडभाड नगर्न निर्देशन दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।