विदेश भ्रमण गर्ने घटे, नेपालबाट बाहिरिने पैसा बच्यो
काठमडाैं । गत आर्थिक वर्ष २०७६/७७ माम विदेश च्रमण गर्नेहरुमा कमि आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४०.९ प्रतिशतले घटी रु.५३ अर्ब १४ करोड कायम भएको छ । आर्थिक वर्ष २०७६/७७ मा खुद सेवा आय रु.१ अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय रु.१५ अर्ब २३ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सेवा खाता अन्तर्गत भ्रमण आय १९.२ प्रतिशतले कमी आई रु.६० अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय रु.७५ अर्ब ३७ करोड रहेको थियो । शिक्षातर्फको व्यय रु.२५ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय रु.८९ अर्ब ९१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४६ अर्ब ३२ करोड रहेको थियो ।
विप्रेषण आय ८७५ अर्ब, विदेशी मुद्राको संचिति ३४.९ प्रतिशतले वृद्धि
काडमाडाैं । आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु.८७५ अर्ब ३ करोड कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई रु.९८२ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो । २०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना
काठमाडौं । सिभिल बैंकले सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ । उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ । विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैंकले जनाएको छ । साथै, बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।