ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा २० प्रतिशत छुट
काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले हस्ताक्षर गरेका हुन् । काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउनेछन् । बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिन सक्नेछन् । हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ ।
माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् । सम्झौता पछि नेपाल बार एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् । बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।
ग्लोबल आइएमई बैंकले शुरु गर्यो कल सेन्टर, घर बसेरै बैंकिङ जानकारी लिन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले एक द्वार प्रणाली अनुरुप ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवात गरेको छ । बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कल सेन्टरको सुरुवात गरेको हो । ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन् । ग्राहकहरुले +९७७-१-५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।