बैंकका कर्मचारीलाई पुलिसले कार्यालय जान दिएन, आज उपत्यकाका सबै शाखा बन्द हुने

<p>काठमाडौं । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि आज (भदौ ४ गते) उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द हुने भएका छन् । सरकारले अत्यावश्यक सेवा अन्तरगत राखेको बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको नेपाल बैंकर्स एसोसिएनका [&hellip;]</p>

काठमाडौं । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि आज (भदौ ४ गते) उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द हुने भएका छन् ।

सरकारले अत्यावश्यक सेवा अन्तरगत राखेको बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

‘सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेको छ, यसै कारण नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय जस्ता सरोकारवाला निकायसँग समन्वय गरेर हाम्रा कर्मचारी जोखिम मोलेर कार्यालय आउँदै थिए, बाटोमा प्रहरीले ह्युमिलेट गर्यो, यस्तो अवस्थामा बैंकका शाखा कार्यालय संचालन गर्न सक्ने अवस्था रहेन, आज उपत्यकाका सबै शाखा बन्द हुनेछन्,’ अध्यक्ष दाहालले भने ।

Share News