नबिल बैंकले सरकारको कोरोना कोषमा दियो ६ करोड रुपैयाँ
काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो । “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।”- सीईओ शाहले भने ।
अधिकांश बैंकहरुको नाफा घट्यो, कसकाे कति ?
काठमाडाैं । कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ । बैंकहरुले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको नाफा घटेको छ । जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७७ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खुद नाफा घटेको छ । सेञ्चुरी कमर्सियल बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंकको बाहेक सबै बैंकको खुद नाफा घटेको देखिएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रुपमा बन्द रहेको थियो । त्यसले गर्दापनि बैंकहरुको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा बैंकहरुको नाफा घटेको देखिन्छ । नेपाल बैंक नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १.५५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५९ करोड ६७ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको बेला गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख ९३ हजार रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकको नाफा ११.७७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४ करोड ६५ लाख २० हजार रुपैयाँ कमाएको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको छ । नबिल बैंक नबिल बैंकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ । बैंकको खुद नाफा ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २ अर्ब ५७ करोड १६ लाख ५२ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २२.६३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रुपैयाँ रहेको छ । स्टाण्डर्ड चार्टर्ड बैंक स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २१.७२ प्रतिशतले कम रहेको छ । बैंकले १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ । हिमायलन बैंक हिमायलन बैंकको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा ८ प्रतिशतले नाफा घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक व र्षमा बैंकको यस्तो नाफा २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँ रहेको छ । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २९ करोड २५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा १ अर्ब ५३ करोड ७ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा ९८ करोड ६१ लाख १८ हजार रुपैयाँ रहेको छ । नेपाल बंगलादेश बैंक नेपाल बंगलादेश बैंकको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ । असार मसान्त सम्ममा बैंकले १ अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा १ अर्ब ५८ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ४४ करोड ९१ लख १४ हजार रुपैयाँ रहेको थियो । एभरेष्ट बैंक एभरेष्ट बैंकको खुद नाफा पनि १८.१४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५ करोड ४१ लख २२ हजार रुपैयाँ खुद नाफा कर्माको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंक अफ काठमाडौं बैंक अफ काठमाडौंको खुद नाफा पनि २२.२१ प्रतिशतले घटेको छ । गत असार मसान्त सम्म बैंकले १ अर्ब ४७ करोड ५५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा भने ८८ करोड ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड २३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ११.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा १ अर्ब ९६ करोड २७ लाख ३९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ६९ करोड ९९ लाख १७ हजार रुपैयाँ रहेको छ । एनआइसी एशिया बैंक एनआइसी एशिया बैंकको खुद नाफा भने बढेको छ । बैंकले ३ अर्ब १२ करोड १४ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ । यो नाफा ३.२५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३ अर्ब २ करोड ३२ लाख ८३ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । मछापुच्छ्रे बैंक मछापुच्छ्रे बैंकको खुद नाफा भने २६.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्तमा १ अर्ब २५ करोड २० लाख ४२ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको वितरण योग्य मुनाफा ९० करोड ८२ लाख ७८ हजार रुपैयाँ रहेको छ । कुमारी बैंक कुमारी बैंकको नाफामा भने धेरै गिरावट देखिएको छैन् । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७७ करोड ६० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंले गत असार मसान्तमा १ अर्ब ७७ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको छ । जुन शुन्य दशमलव ०४ प्रतिशतले कम रहेको छ । यो बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकको खुद नाफामा पनि गिरावट आएको छ । असार मसान्तमा बैंकको खुद नाफा १ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा भन्दा ६.६२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५९ करोड ७४ हजार रुपैयाँ कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब १२ करोड ७२ लाख ५२ हजार रुपैयाँ रहेको छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.३० प्रतिशतले घटेर २ अर्ब ९ करोड २७ लाख ७० हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रुपैयाँ रहेको छ । बैंको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । कृषि विकास बैंक कृषि विकास बैंकको खुद नाफा १७.२५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १९ करोड १३ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत असार मसान्तमा ३ अर्ब ४६ करोड ८० लाख ३२ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६६ करोड ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकको नाफा भने ११.८१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा ३ अर्ब ८ करोड ८० लाख ४२ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँ रहेको छ । सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा २३.७३ प्रतिशतको गिरावट आएको छ । बैंकको खुद नाफा १ अर्ब ११ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ४६ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइम कमर्सियल बैंक प्राइम कमर्सियल बैंकको नाफा भने ४.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा २ अर्ब २९ करोड २८ लाख २ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको छ । सनराइज बैंक सनराइज बैंकको खुद नाफा गत आसार मसान्तमा १ अर्ब २९ करोड २८ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १८.३६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा ५२ करोड ९१ लख २१ हजार रुपैयाँ रहेको छ । एनएमबि बैंक एनएमबि बैंकको खुद नाफामा अघिल्लो आर्थिक वर्षमा भन्दा समान्य वृद्धि भएको छ । बैंकले असार मसान्त सम्ममा २ अर्ब २७ करोड ६ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा ०.५९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैया खुद मुनाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ६८ लाख २९ हजार रुपैयाँ रहेको छ । प्रभु बैंक प्रभु बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २३.३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७८ करोड ३५ लाख ९३ हजार खुद नाफा कमाएकोमा गत असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ । मेगा बैंक गत असार मसान्त सम्ममा मेगा बैंकले १ अर्ब ५२ करोड ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा भनदा ६.६९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ९६ लाख ८९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ । सिभिल बैंक सिभिल बैंकले गत असार मसान्त सम्ममा ४५ करोड ७० लाख १ हजार रुपैयाा खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ३५.४० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा २५ करोड २१ लख ९६ हजार रुपैयाँ रहेको छ । सेञ्चुरी कमर्सियल बैंक सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा ३४ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैंकको खुद नाफा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ । सानिमा बैंक सानिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २४.५७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ८० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको गत असार मसान्त सम्मको नाफा १ अर्ब ७० करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ ।
हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन
काठमाडौं । हिमालयन बैंक मर्जर प्रक्रियामा अगाडि बढेको छ । बैंकले चार सदस्यीय शक्तिशाली मर्जर कमिटि गठन गरेकाे छ । आइतबार बसेको बैंक सञ्चालक समितिले चार सदस्यीय मर्जर कमिटि गठन गरेको हाे । समितिमा चारै जना बैंकका सञ्चालक रहेका छन् । समितिको संयोजक सुनिल बहादुर थापा रहेका छन् भने सदस्यहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, विजय बहादुर श्रेष्ठ र आशिष शर्मा रहेका बैंकका अध्यक्ष तुलसी गाैतमले बताए । कमिटिमा प्रवर्द्धक र साधारण लगानीकर्ता दुबै समूहकाे प्रतिनिधित्व रहेकाे छ । मर्जर कमिटिको जिम्मेवारी तोक्न बाँकी रहेको स्रोतले बतायो । ‘हिमालयन बैंकले अहिलेसम्म कुनै पनि संस्थासँग एक्वाएर वा मर्ज गरेको थिएन । अब मर्जरमा जानै नै योजनाका साथ बैंकले उच्च स्तरीय कमिटि बनाएको हो’ स्रोतले भन्यो । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज हुने सम्भावना रहेको जानकारहरु बताउँछन् । पछिल्लाे समय हिमालयन बैंककाे सञ्चालक समितिमा मर्जरकाे विषयले धेरै महत्व पाइरहेकाे स्राेतले बतायाे । सम्बन्धित समाचार मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक