नबिल बैंकले सरकारको कोरोना कोषमा दियो ६ करोड रुपैयाँ

<p>काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरीको पनि [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।

“नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।”- सीईओ शाहले भने ।

Share News