बैंकका कर्मचारीलाई नरोक्न गृहको निर्देशन, भोलिदेखि सजिलै आवतजावत गर्न पाउने

<p>काठमाडौं। गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । । गृह मन्त्रालयले बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो। गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाबीच आधारभुत्त बैकिङ सेवा नरोक्न निर्देशन दिएको हो । [&hellip;]</p>

काठमाडौं। गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । । गृह मन्त्रालयले बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो।

गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाबीच आधारभुत्त बैकिङ सेवा नरोक्न निर्देशन दिएको हो ।

‘स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई आधारभुत बैंकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई जारी गरिएको सुचना बमोजिम आधारभुत बैंकिङ सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहजिकरणका लागि यसैलाई संलग्न राखी पठाइएको व्यहोरा आदेश अनुसार अनुरोध छ,’ पत्रमा भनिएकाे छ ।

बिहीबार काठमाडौं उपत्यकामा प्रहरीले बैंकका कर्मचारीहरुलाई कार्यालय जाने क्रममा रोकेपछि नेपाल बैंकर्स संघले बैंकका शाखा नखोल्न निर्देशन दिएको थियो ।

सरकारले अत्यावश्यक सेवा अन्तरगत राखेको बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको भन्दै नेपाल बैंकर्स एसोसिएनले उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय गरेकाे थियाे ।

Share News