काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षमा सेयरधनीलाई दिने वितरणयोग्य नाफाका आधारमा आफ्नो स्थान परिवर्तन गरेका छन् । नविल बैंकले भने अघिल्लो आर्थिक वर्षमा जस्तै पहिलो स्थान सुरक्षित गरेको छ ।
बैंकहरुले प्रकाशित गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नविलसहित ३ वटा वाणिज्य बैंकको स्थान परिवर्तन भएको छैन । आर्थिक वर्ष २०७५/७६ मा जस्तै गरी आर्थिक वर्ष २०७६/७७ मा पनि नविल पहिलो स्थानमा छ । यस्तै, कृषि विकास बैंक र सिभिल बैंकको स्थान पनि परिवर्तन भएको छैन ।
वितरणयोग्य नाफाका अनुसार नविल बैंक पहिलो स्थानमा नै छ । यस्तै, कृषि विकास बैंक ५औं स्थानमा नै र सिभिल बैंक २७औं स्थानमा छ ।
वितरणयोग्य नाफाका हिसावले १२ वटा वाणिज्य बैंकले आफ्नो स्थान सुधार गरेका छन् । नेपाल बैंक तेस्रो स्थानबाट दोस्रो, ग्लोबल आइएमई बैंक चौथो स्थानबाट तेस्रो, एभरेष्ट बैंक ६औं स्थानबाट चौथो र प्राइम बैंक १३औं स्थानबाट ६औं स्थानमा आएको छ ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ९औं स्थानबाट ७औं, एनएमबी बैंक १९औं स्थानबाट ९औं, मेगा बैंक १६औं स्थानबाट ११औं स्थानमा, माछापुच्छ्रे बैंक १७औं स्थानबाट १६औं स्थानमा, सिटिजन्स बैंक इन्टरनेसनल २२औं स्थानबाट १९औं स्थानमा, लक्ष्मी बैंक २१औं स्थानबाट २०औं स्थानमा, कुमारी बैंक २६औं स्थानबाट २१औं स्थानमा र सेन्चुरी बैंक २८औं स्थानबाट २६औं स्थानमा आएको छ । आव २०७५/७६ सम्म २८ वटा वाणिज्य बैंक थिए ।

गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२ वटा वाणिज्य बैंकले वितरणयोग्य नाफाका आधारमा आफ्नो स्थान गुमाएर तल झरेका छन् ।
यसरी झर्नेहरुमा एनआईसी एसिया बैंक ७औं स्थानबाट ८औं स्थानमा, हिमालयन बैंक ८औं स्थानबाट १०औं, प्रभु बैंक १०औं स्थानबाट १२औं स्थानमा, सानिमा बैंक १२औं स्थानबाट १३औं स्थानमा, राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानबाट १४औं स्थानमा पुगेको छ । यस्तै, नेपाल एसबीआई बैंक १४औं स्थानबाट १५औं स्थानमा, एनसीसी बैंक २०औं स्थानबाट २२औं स्थानमा, नेपाल इन्भेष्टमेन्ट बैंक १५औं स्थानबाट २३औं स्थानमा, सनराइज बैंक २३औं स्थानबाट २४औं स्थानमा र एनबी बैंक २४औं स्थानबाट २५औं स्थानमा पुगेको छ ।