विकासन्युज

अब महाकाली सिंचाई पनि राष्ट्रिय गौरबको आयोजना, बजेट १० अर्ब २५ करोड

काठमाडौं । सरकारले राष्ट्रिय गौरबको आयोजना थपेको छ । अहिले महाकाली सिंचाई आयोजना थप गरिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सो आयोजनाको लागि सरकारले १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कोरोना बीमामा ५० प्रतिशत अनुदान

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको थप बीमा हुने बताएका छन् । अर्थमन्त्री डा. खतिवडाले १ लाख रुपैयाँसम्मको वार्षिक कोरोना बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको जानकारी दिए। यस्तै, स्वास्थ्यकर्मी, महिला स्वयमंसेवीकाहरुको बीमा दायित्व शुल्क सरकारले व्यहोर्ने भएको छ ।

अब किसानलाई मोबाइल एप्समार्फत कृषि सन्देश पठाइने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब किसानलाई मोबाइल एप्समार्फत कृषि सन्देश पठाइने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उनले किसानलाई कृषिमा आकर्षित गर्नका लागि कृषि सम्बन्धित विभिन्न सन्देशहरु मोबाइल एप्स मार्फत पठाइने बताए ।

रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रूपैयाँ छुट्याएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । डा.खतिवडाले आगामी आर्थिक वर्षका लागि कुल १५ खर्ब ५० अर्ब रुपैयाँ रकमको बजेट प्रस्तुत गरेका छन् ।

सामाजिक सुरक्षा कोषमा अर्थमन्त्रीले कैची चलाए, याेगदानकर्तालाई अनुदान कि ऋण ?

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा कैची चलाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले लकडाउन अवधिभर सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकले बचत गर्नु पर्ने रकम सरकारले बचत गर्ने बताए । तर उनले उक्त रकम योगदान कर्ताले कर्जाको रुपमा लिन सक्ने र अवस्था सामान्य भएपछि ऋण फिर्ता गर्नु पर्ने उनले बताए । बजेटमा उनको भाषा द्वैदअर्थि रहेको पनि छ । यदि योगदातकर्ताले विगतमा बचत गरेको रकमबाट कर्जा लिन पाउने सुविधा दिएको भए त्यसले योगदानकर्तालाई लाभ मिल्ने छ । तर अहिले कोषमा बचत नगरिएको रकम कर्जाको रुपमा व्याख्या गरिएको हो भने त्यसमा सरकारले गम्भिर धाँदली भएको मानिने एक रोजगारदाताले बताए । सरकारले चैत महिनामा काेषमा जम्मा गर्नु पर्ने रकममा अनुदान दिएकाे छ । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुविधालाई निरन्तरता दिने बताएका थिए ।

अब एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र स्थापना गर्ने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उनले यसका लागि ३ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका बताए । यस्तै उनले साे क्षेत्रमा एक जना विशेषतज्ञ खटाउने बताए ।

बाणिज्य बैंकका शाखाले कम्तिमा १० जनालाई सहुलियतपूर्ण कर्जा दिनुपर्ने

काठमाडौं । बाणिज्य बैंक र विकास बैंकले प्रत्येक शाखाबाट सहुलियतपूर्ण व्याजको कर्जा दिनै पर्ने व्यवस्था गरिने भएको छ । सरकारले तोकेको २ प्रतिशत व्याजदरको यस्तो कर्जा वाणिज्य बैंकहरुले प्रतिशाखा कम्तिमा १० जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने व्यवस्था गर्न लागिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यस्तै, विकास बैंकहरुले प्रतिशाखा ५ जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

७५ हजार मानिसलाई तालिम दिन ४ अर्ब ३४ करोड विनियोजन

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले ७५ हजार मानिसलाई तालिम दिन ४ अर्ब ३४ करोड विनियोजन गरेको बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उनले तालिम दिने संस्थाको लागि पनि बजेटको व्यवस्था गरेको बताएका हुन् ।