विकासन्युज

निजी लगानीका अस्पतालहरू सरकारले चलाउन सक्ने, स्वास्थ्य बजेट ९० अर्ब ७० कराेड

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न ६ अर्ब बजेट विनियाेजन गरिएकाे छ । स्वास्थ्य पूर्वाधार निर्माणमा १२ अर्ब बजेट विनियाेजन गरिएकाे छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले बजेटकाे पहिलाे प्राथमिकतामा स्वास्थ्य क्षेत्र राखेका छन् । स्वास्थ्य बीमाकाे लागि ४ अर्ब बजेट विनियाेजन गरेकाे उनले बताए । स्वास्थ्यकर्मीकाे ५ लाख सम्मकाे स्वास्थ्य बीमा सरकारले गर्ने भएकाे छ । निजी क्षेत्रका अस्पाताल अावश्यक पर्दा सरकारले प्रयाेग गर्न सक्ने उनले बताए । स्वास्थ्य क्षेत्रमा ९० अर्ब ७० कराेड बजेट विनियाेजन गरेकाे उनले बताए ।

पर्यटन यातायात र निर्माण तर्फको उद्योग संकुचित हुने

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । काेराेना भाइरसकेा कारण धेरै क्षेत्रलाई असर परेकाे बताउँदै उनले यसले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान सरकारले गरेकाे बताए । अब सरकारले साे क्षेत्रकाे अार्थिक पुनर्जीवनका लागि सरकराले तीव्रताका साथ काम गर्ने उनले बताए ।

छोटो समयमै वित्तीय संघीयता कार्यान्वयनमा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले छोटो समयमा नै वित्तीय संघीयता कार्यान्वयनमा आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनमा आएर तीन तहकै सरकारको आम्दानी र खर्चको विवरण व्यवस्थित भएको बताएका हुन् ।

हामी छिट्टै माथि उठ्नेछौं, त्यही अनुसारको बजेट तयार पारेको छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देश अब छिट्टै नै माथि उठ्ने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । नेपालले विभिन्न समयमा भोग्नु परेको जोखिमलाई सहज तरिकाले सामना गरेको बताउँदै उनले कोरोना भाइरसको महामारीबाट पनि चाँडै माथि उठ्ने उनले बताए । ‘अर्थतन्त्रको पुर्नत्थान र रोजगारी सिर्जना गर्ने बजेट तयार पारेको छु, यसले हामी छिट्टै माथि उठ्छौं भन्ने विश्वास लिएको छु, उनले भने ।

बजेट वक्तव्य सुरु, कोरोनाले गम्भीर असर पारेको अर्थमन्त्रीको भनाइ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्न लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि बजेट पेश गरिरहेका छन् । उनले बजेट सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको कारण विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा पनि गम्भीर असर परेको बताए ।

बजेटमा सरकारी कर्मचारीका मागः हामीलाई घर र छोराछोरीलाई निःशुल्क शिक्षा चाहियो

काठमाडौं । निजामती कर्मचारीहरुले आफूहरुलाई घर तथा स्वास्थ्योपचार तथा सन्ततीको लागि निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने माग राखेका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सिबीए) का तर्फबाट अर्थमन्त्रालयमा पेश गरिएको सुझावमा यस्तो व्यवस्था हुनुपर्ने माग गरिएको कार्यवाहक अध्यक्ष भोला पोखरेलले जानकारी दिए । ‘निजामती कर्मचारी आर्थिक अनियमिततामा मुछिए भन्ने कुरा धेरै सुनिन्छ, तर यसको खास कारण खोज्नतिर कमैको ध्यान जाने गरेको छ, जीवनभर जागिर खाँदा पनि एउटा घर जोड्न नसक्ने, आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन नसक्ने र आफू तथा परिवार विरामी पर्दा औषधोपचार गर्न नसक्ने अवस्था छ, त्यसैले कर्मचारीका यस्ता आधारभूत आवश्यकता पूरा गर्न सकियो भने भ्रष्टाचार वा अन्य आर्थिक अनियमितताका विषय स्वतः कम भएर जानेछन्, हामीले बजेटमा यही सुझाव दिएको हो,’ आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष पोखरेलले भने । यसका लागि निजामती कर्मचारी कल्याणकारी कोष स्थापना गरेर सोही कोषमार्फत यस्ता काम गर्न सकिने उनले बताए । कोष स्थापनाको लागि पनि सरकारले धेरै रकमको व्यवस्था गर्नु नपर्ने उनको भनाइ छ । ‘सरकारले निजामति कर्मचारीलाई पोशाक भत्ता मात्रै वार्षिक ६ अर्ब रुपैयाँ खर्च गर्छ, महंगी भत्तामा २४ अर्ब रुपैयाँ खर्च लाग्छ, एक वर्षको लागि सोही रकम कटौति गरेर कोष स्थापना गर्ने हो भने पनि ६ वटा प्रदेशमा एक एकवटाका दरले ६ वटा निजामती कर्मचारी अस्पताल बनाउन सकिन्छ, तिनै अस्पतालबाट निजामती कर्मचारीलाई स्वास्थ उपचारको व्यवस्था मिलाउन सकिन्छ,’ उनले भने । निजामती कर्मचारी बाहेकका अन्य संगठनको कल्याणकारी कोष रहेकोले पनि त्यस्तो कोष स्थापना अनिवार्य भएको उनको भनाइ छ । प्रहरी, सेना जस्ता निकायले कल्याणकारी कोष स्थापना गरेरर सोही यस्ता कार्यक्रम संचालन गरिरहेका छन् । यस्तो कोष योगदानमा आधारित बनाउनु पर्ने सिबिएको प्रस्ताव छ । यही कोषमार्फत घरबीमा कार्यक्रम संचालन गरी २० वर्ष जागिर गरेर अवकाश पाउँदा कर्मचारीको आफ्नो घर हुने प्रणाली अबलम्बन गर्नुपर्ने सिबिएको भनाई छ । यस्तै, सिबिएले कोरोना संक्रमण रोकथाममा खटिने सबै कर्मचारीलाई प्रतिव्यक्ति ५० लाख रुपैयाँ बराबरको बीमा गर्नुपर्ने सुझाव दिइएको छ । निजामती कर्मचारीहरुको मात्रै लगानीमा बेग्लै जलविद्युत आयोजना निर्माण गर्ने तथा कर्मचारी संचय कोषको कर्जाको स्प्रेड घटाउनु पर्ने सुझाव पनि दिइएको छ ।

स्वास्थ्य सचिव कोइरालाकाे सरुवा, नियुक्त भए लक्ष्मण अर्याल

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरूवा भएकाे छ । बुधबार सरकारले स्वास्थ्य  सचिव कोइरालाको सरुवा गरिदिएकाे हाे । कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना नपुग्दै सरुवा भएकाे हाे । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको बताईएकाे छ । मन्त्रालयको नयाँ स्वास्थ्य सचिवमा राजश्व प्रशासनका क्याडर लक्ष्मण अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री कार्यालयबाट सरूवा गरेर अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।

७० लाख मजदुरको यस्तो छ बजेटमा माग, सरकारले गर्ला त सम्बोधन ?

काठमाडौं । लकडाउनको कारणले सबैभन्दा धेरै मारमा पर्ने मध्ये मजदुर पनि एक हो । ७० लाख मध्येका धेरै मजदुर रोजगार बिहीन भएका छन् । सरकारले लकडाउनलाई सार्वजनिक बिदा घोषणा गरेर मजदुरको पुरै तलब दिनुपर्छ भनिरहेको छ । तर उद्योगीहरुले मजदुरलाई निकाल्न थालेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले मजदुर मैत्री बजेटका लागि सुझाव दिएको बताए । ‘बिहान कमाएर बेलुका खाने मजदुरहरु सारै नै समस्यामा छन् । भारतबाट नेपाल आएका मजदुरहरुलाई सुरक्षित तरिकारले स्वास्थ्य परिक्षण गर्ने र कोरोना देखिएका मजदुरलाई आइसुलेसनमा राखेर उपाचार गर्ने । रोग नदेखिएका मजदुरहरुलाई स्वास्थ्य मन्त्रालयको स्वास्थ्यसगँ सुरक्षा विधि अपनाएर काममा लगाउनु पर्छ भनेर बजेटमा सुझाव दिएका छौं ।’- उनले भने । आचार्यले भने- ‘मजदुरका लागि बितरण भएको राहात संघीय सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले स्थानीय सरकारलाई दियो, अनि स्थानीय सरकारले आफ्ना पाटीका मजदुरहरुलाई मात्रै दिए । हामीले त्यसको अन्त्य गर्न पनि माग बजेट सुझाव दिएका छौं ।’ ‘हामीले रोजगारीबाट पलाएन भएका मजदुरलाई सहुलियतमा लोन दिएर उद्योगी बनाउन, मजदुरका लागि लामो समय र छोटो समयका लागि राहातका कार्यक्रम ल्याउन, मजदुरको असारसम्मको सामाजिक सुरक्षाकोषमा सरकारले नै रकम जम्मा गर्न, राज्यलाई लुट्ने भन्दा पनि धेरै रोजगारी दिने उद्योगलाई राहातको प्याकेज ल्याउन बजेटका लागि सुझाव दिएका छौं’ उनले भने । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मजदुरको संख्या करिब ७० लाख भएको र ती सबै मजदुलाई राहातको व्यवस्थापना गर्न सरकारसगँ माग गरेको बताए । रोजगारी गुमाएर बसेका मजदुरहरुलाई पुन रोजगारी दिनका लागि सरकारले उद्योग सञ्चालनका गर्न राहात दिन बजेट सुझावमा समेटिएको बताए । ‘तलब नपाएका मजदुरको तलब दिने व्यवस्था मिलाउन, नयाँ रोजगारीमा कृषिलाई जोड्नु पर्ने, सबैभन्दा धेरै समस्या आएको पर्यटन क्षेत्रका मजदुलाई अन्य क्षेत्रमा रोजगारी सिर्जना गर्न सरकारलाई बजेट सुझाव दिएका छौं,’ श्रेष्ठले भने । मजदुरको तलब कटौतिमा ट्रेड युनियनको सहमति छैन । सरकारले पनि लकडाउनलाई सार्वजनिक बिदा घोषणा गरेर तलब दिनु पर्छ भन्ने निर्णय गरेको छ । तर उद्योगी भने तलब दिने पक्षमा छैनन् । मजदुरले पनि उद्योग, व्यापार, व्यावसायिक कम्पनी तथा प्रतिष्ठानहरूले कर्मचारी तथा कामदारको लकडाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गर्न माग गरिरहेका छन् । उद्योग व्यवसाय बन्द भएको कारण मजदुरलाई पूरै तलब खुवाउन नसकिने अवस्था आएकोले कटौति पर्नुपर्ने रोजगारदाता बताउँछन् । ट्रेड युनियन भने खाइपाइ आएको तलब तथा अन्य सुविधा कटौति गर्न नहुने अडानमा छ । सरकारले निजी क्षेत्र र ट्रेड युनियनलाई समेटेर त्रिपक्षीय कार्यदल गठन गरेको थियो । निजी क्षेत्रका ५ जना, सरकारको तर्फबाट ५ जना र ट्रेड युनियनबाट ५ जना गरी १५ जनाको त्रिपक्षीय कार्यदल गठन भएको थियो । कार्यदलले बजेट भन्दा अगाडी नै बैठक बसेर सरकारलाई सुझाव दिने भनेको थियो । तर कार्यदलको दोस्रो बैंठक बजेटभन्दा अगाडी बस्न सकेन । कार्यदलको पहिलो बैठकले कोरोनाकोे संक्रमणले ल्याएको चुनौती, मुलुकको अर्थतन्त्रमा परेको प्रभाव र देशभर लकडाउनले उत्पन्न समस्या र कठिनाईका साथै उद्योग व्यवसाय संचालन र श्रम क्षेत्रमा पर्न गएको प्रभावका बारेमा छलफल गरेको थियो ।