स्वास्थ्य सचिव कोइरालाकाे सरुवा, नियुक्त भए लक्ष्मण अर्याल

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरूवा भएकाे छ । बुधबार सरकारले स्वास्थ्य  सचिव कोइरालाको सरुवा गरिदिएकाे हाे । कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना नपुग्दै सरुवा भएकाे हाे । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको बताईएकाे छ । मन्त्रालयको नयाँ स्वास्थ्य सचिवमा राजश्व प्रशासनका क्याडर लक्ष्मण अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री कार्यालयबाट सरूवा गरेर [&hellip;]</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरूवा भएकाे छ । बुधबार सरकारले स्वास्थ्य  सचिव कोइरालाको सरुवा गरिदिएकाे हाे ।

कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना नपुग्दै सरुवा भएकाे हाे । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको बताईएकाे छ ।

मन्त्रालयको नयाँ स्वास्थ्य सचिवमा राजश्व प्रशासनका क्याडर लक्ष्मण अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री कार्यालयबाट सरूवा गरेर अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।

Share News