विकासन्युज

बढेन वृद्ध भत्ता

काठमाडौं । यो वर्ष वृद्धा भत्ता नबढेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । आगामी आर्थिक वर्षमा ७५ हजार नागरिकलाई सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यका साथ सो रकम प्रदान छुट्याएको छ । सरकारले प्रधानमन्त्री कार्याक्रममार्फत २ लाखलाई रोजगारी दिने लक्ष्य राखेको छ । कोरोनासँगै रोजगार गुमाएकालाई नागरिकलाई ध्यानमा राख्दै ५० हजार मानिसलाई रोजगारी प्रान गर्नका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।  

उत्पादनमूलक उद्योगलाई सरकारले लकडाउनभरको विद्युतको महशुल नलिने

काठमाडौं । लकडाउन अवधिभर उत्पादनमूलक उद्योगलाई सरकारले विद्युतको महशुल  छुट दिने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो बताएका हुन् ।

सबै प्रदेशको राजधानीमा ५० शैयाको सरुवारोग अस्पताल संचालन हुने

काठमाडौं । सबै प्रदेशको राजधानीमा ५० शैयाको सुविधासम्पन्न छुटै सरुवा रोग निर्माण हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

एसएमईको पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना तथा मझौला उद्यमी (एसएमई)को पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । रोजगारीको कार्यक्रमको ज्याला बाफत ५० अर्बको छुट्ै कोषको व्यवस्था गर्ने उनले बताएका हुन् ।

१० युनिटसम्मको बिजुली निःशुल्क

काठमाडौं । सरकारले मासिक १० युनिटसम्मको विद्युतमा महसुल पुरै छुट दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले मासिक १ सय ५० युनिटसम्मको विद्युतमा २५ प्रतिशत र २ सय ५० युनिटसम्मको विद्युतमा १५ प्रतिशत महसुल छुट दिने भएको छ । यस्तै उद्योगीहरुले माग गर्दै आएका डिमान्ड शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।

अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

काठमाडौंमा ३ सय शैय्याको बेग्लै संक्रमण रोग उपचार अस्पताल बनाइने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोक्नको लागि ६ अर्ब रुपैयाँ बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनले कोरोना भाइरस संक्रमण रोक्न संलग्न हुने डाक्टर तथा कर्मचारीको ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने जानकारी दिएका छन् । काठमाडौं उपत्यकामा ३ सय शैय्याको बेग्लै संक्रमण रोग उपचार अस्पताल बनाउने र समग्र स्वास्थ्य पूर्वाधारको लागि १२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।