काठमाडौं । सरकारले मासिक १० युनिटसम्मको विद्युतमा महसुल पुरै छुट दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले मासिक १ सय ५० युनिटसम्मको विद्युतमा २५ प्रतिशत र २ सय ५० युनिटसम्मको विद्युतमा १५ प्रतिशत महसुल छुट दिने भएको छ । यस्तै उद्योगीहरुले माग गर्दै आएका डिमान्ड शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।