विकासन्युज

औषधी र स्वास्थ्य सामग्री उत्पादकले सामुहिक ट्रेडमार्क प्रयोग गर्न पाउने

काठमाडौं । अत्यावश्यक बस्तु औषधी र स्वास्थ्य सामग्री उत्पादकले सामुहिक ट्रेडमार्क प्रयोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।

अब सबै उद्योगहरु सहज तरिकाले सञ्चालन हुने

काठमाडौं । कलडाउनको कारणले करिव २ महिना देखि बन्द रहेको सबै उद्योग सहजा तरिकारले सञ्चालन हुने भएको हो । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । सरकारले मजदुर उद्योगसम्म ल्याउन सहयोग गर्ने छ । सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका उद्योग समेत पुर्णरुपमा सञ्चालन भएको छैन् ।

कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड रुपैयाँ

काठमाडौं । आगामी आर्थिक वर्षका लागि कृषि तथा व्यवसायका लागि सरकारले ३ ४१ अर्ब ४० करोड  रुपैयाँ छुट्याएको छ ।  संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । कोरोनाको महामारी फैलिएसँगै वैदेशिक रोजगारमा रहेका धेरै नेपाली स्वदेश फर्किए कृषिमा आवद्ध हुने सम्भावना देखिएको छ । पछिल्लो समय सरकारले  ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो गाँउ’ भन्ने अभियानका साथ ‘आफ्नो गाँउ बनाऔं’ भन्ने नाराका साथ आगाडी बढ्न युवालाई प्रोत्साहन गरिरहेका छ । देश कृषि उत्पादनमा आत्मनिर्भर बनाउने तवरले आगामी कार्यक्रमतय गरिएकाे छ । कृषि क्षेत्रमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरणजस्ता अन्य कार्यक्रमकाे पुन संरचना नयाँ तरिकाले अगाडी बढाउँदै कृषि क्षेत्रलाई चुनौती मात्र नभई अवसरको रुपमा स्थापित गर्ने सरकारकाे लक्ष्य रहेकाे छ । डा.खतिवडाले आगामी आर्थिक वर्षका लागि कुल १५ खर्ब ५० अर्ब रुपैयाँ रकमको बजेट प्रस्तुत गरेका छन् ।

पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन, एक प्रदेश एक पर्यटन केन्द्र स्थापना हुने

काठमाडौं । सरकारले पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । उनले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन सेवाको विकास र पुर्नत्थानका लागि सो रकम छुट्याएको बताएका हुन् । उनले एक प्रदेश एक पर्यटन केन्द्र स्थापना गर्ने बताए ।  

सरकारी आयोजनाले बन प्रयोग गर्दा क्षतिपूर्ति नदिने

काठमाडौं । सरकारी आयोजना विकास गर्न बन क्षेत्र प्रयोग गर्दा क्षतिपूर्ति नदिने व्यवस्था गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको हो । यसअघि सरकारी आयोजनाले बन क्षेत्र प्रयोग गरे पनि सरकारको अनुमति लिएर मात्रै गर्नुपर्ने र सो वापत आयोजनाले क्षतिपूर्ति दिने व्यवस्था थियो ।

३०० रुपैयाँमा १ लाखको कोरोना बीमा, पशुपन्छी बीमामा अनुदान वृद्धि

काठमाडौं । सरकारले १ लाख सम्मको कोरोना बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । परिवारको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्दै आएकोमा अब ३०० रुपैयाँमा १ लाख रुपैयाँको कोरोना बीमा हुने भएको । त्यस्तै सरकारले पशुबाली बीमा शुल्कमा दिदै आएको अनुदान पनि वृद्धि गरेको छ । यसअघि सरकारले बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिदै आएको थियो । अर्थमन्त्री युवराज खतिवडाले पशुबाली बीमा गर्दा लाग्ने शुल्कमा कति अनुदान बढाएको उल्लेख गरेनन् । तर बालीको बीमा शुल्क बाली पाकेपछि तिर्न मिल्ने व्यवस्था गरेको उनले बताए ।

भूमि बैंक स्थापना गर्न ५० करोडको शेयर सरकारले किन्ने

काठमाडौं । सरकारले भूमि बैंक स्थापना गरेर कृषिमा जोड दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूमि बैंकको स्थापना गरि कृषि उत्पादनमा सहज बनाउने बताएका छन् । ३ सय स्थानीय तहमा भूमि बैकको स्थापना हुने भएको छ । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । भूमि बैंकको शेयरका लागि सरकारले ५० करोड बजेट छुट्याएको छ । भूमि बैंकमा जग्गा भएकाले राखेर पैसा पाउने छन् । भने खेती गर्न चहानेले भूमि बैंकबाट जग्गा लिएर प्रयोग गर्न सक्ने छन् ।

४ लाख नागरिकले नि:शुल्क स्वास्थ्य बीमा पाउने

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । यो आर्थिक वर्षमा ३ लाख जनालाई नि:शुल्क स्वास्थ्य बीमा लागू गरिएकोमा नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने उनले जानकारी दिए। यस्तै उनले कोरोना रोगको थप बीमा हुने बताएका छन् । उनले १ लाख रुपैयाँसम्मको वार्षिक कोरोना बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको जानकारी दिए। यस्तै, स्वास्थ्यकर्मी, महिला स्वयमंसेवीकाहरुको बीमा दायित्व शुल्क सरकारले व्यहोर्ने भएको छ ।