विकासन्युज

रोजगारी क्षेत्रमा २० अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ लाख नागरिकलाई रोजगारी प्रदान गर्ने उद्देश्यले २० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । चालु वर्षकाे तुलनामा झन्डै दाेब्बर रकम सरकारले आगामी आर्थिक वर्ष छुट्याएकाे छ । कोरोनाले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेश भित्र गुमाएकाहरुलाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफै बनाउ कार्यक्रम’ का साथ सरकारले सो रकम छुट्याएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । विदेशमा रोजगारी गुमाएका नेपालीलाई स्वदेशमा उनीहरुको सीप अनुसारको गर्न प्रोत्साहन गर्न उनले बताए । हस्तकला, प्लम्बर, कालिगढ, विजुली मर्मत, सिलाई कटाइ, सिकर्मी, डकर्मी, ब्युटिसियन, कपाल कटाइ जस्ता सीप विकास विकास गरि ५० हजार रोजगारी सिर्जना गर्न १ अर्ब रुपैयाँ बजेटमा छुट्याएको छ । निजी क्षेत्रका उत्पादन मुलक उद्योगले सोही व्यक्तिलाई न्युनतम दुई वर्ष रोजगारीको दिने ग्यारेन्टी गरि तालिम प्रदान गरि रोजगारीमा लगाएमा तीन महिनाको न्युनतम पारिश्रमिकको ५० प्रतिशत ज्याला अनुदानका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । व्यावसायी तालिममा ४ अर्ब ३४ करोड बजेट छुट्याएको छ भने थप ७५ हजारलाई तालिम दिने र रोजगारी प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ । सहकारी मोडलमा परिचालन गरि थप १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको अर्थमन्त्री खतिवडाले बताए ।

हरेक स्थानीय तहमा सडक, एक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग

काठमाडाैं । सरकारले हरेक प्रदेशलाई दुई राजमार्गले जोड्ने योजना सरकारले ल्याएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन्। आवागमनलाई सहज बनाउन र उत्पादित सामाग्रीको निर्यात गर्न राजमार्ग निर्माणलाई उक्त प्राथमिकता दिइएको खतिवडाले बताएका छन्। यस्तै, प्रत्येक स्थानीय तहमा सडक जोड्नका लागि ३ अब ३० करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । उनले पूर्व पश्चिम विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन गरिएको बताए । तराईका जिल्ला जोड्ने गरी तीन वर्ष भित्र निर्माण गर्ने बताए । यस्तै, मदन भणडरी राजमागए तीन वषए भित्र निर्माण गरिसक्ने उनको भनाइ छ । उत्तरदक्षिणलाई मध्येनजर गर्दै दबल लेनकोसडक निर्माण गरिने उनले बताए । विभिन्न करिडोरको निर्माणका लागि ७ अर्ब विनियोजन गरेको उनको भनाइ छ ।

२ अर्ब ६४ करोडमा औद्योगिक पूर्वाधार निर्माण हुने

काठमाडौं । सरकारले देशभर औद्योगिक पूर्वाधारको विकास गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणा गर्दै आगामी वर्ष सबै प्रदेशमा एक आर्थिक क्षेत्रको निर्माण गर्ने बताएका हुन् । देशभर १३० वटा औद्योगिक ग्राम बनाउने गरी योजना अघि बढाएको छ । सरकारले औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ६४ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ ।

काठमाडौं उपत्यकामा चार उपशहर निर्माण गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चार उपशहर निर्माण गर्ने बताएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट

काठमाडौं । युवा तथा खेलकुदका लागि २ अर्ब ३६ रुपैयाँ छुट्याईएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण मार्फत खेलकुदकालागि उक्त रकम छुट्याईएको बताएका हुन् ।

५ प्रतिशत ब्याजमा १ खर्ब पुर्नकर्जा

काठमाडौं । लकडाउनले समस्यामा परेका कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादन उद्योग तथा पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशससम्मको सहुलियत ब्याजजदरमा कर्जा दिने भएको छ । कर्जाका लागि १ खर्बको पुर्नकर्जाको सुविधा उपलब्ध गराउने सुविधाको व्यवस्था गरिएको छ । घरेलु, साना तथा मझौलाा उद्योग तथा कोरोना प्रभावित पर्यटन व्यवसायक श्रमिक तथा कर्मचारीको पारिश्रमक भुक्तानी तथा व्यवसाय संचालनका लागि ५ प्रतिशतमा कर्जा ब्याजजका लागि ५० अर्बको छुट्टै कोष खडा गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

जेष्ठ तथा असाय नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं । सरकारले जेष्ठ तथा असाय नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । देशभर रहेका असाय र जेष्ठ नागरिकलाइ स्वास्थ्य सेवाकाे पहुँचमा ल्याउनका लागि सरकारले याे व्यवस्था गरेकाे उनले बताए ।

अब दोश्रो बजारमा ऋणपत्रको कारोबार हुने, लगानी बढाउन स्टक डिलर सञ्चालनमा ल्याउने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको दायरा विस्तार गरी ऋणपत्रको दोश्रो बजार कारोबार शुरु गरिने बताएका छन् ।  संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले नेप्सेको दोश्रो बजार कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् । साथै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने छ । वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने छ । नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गरिने अर्थमन्त्री खतिवडाले बताए।