विकासन्युज

अब घुम्त्ती बीमामा सरकारले सघाउँने, बन्द उद्योगको बीमा पोलिसीको म्याद लकडाउन भरी थपिने

काठमाडौं । सरकारले घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि तथा लघु उद्यम व्यवसायमा बीमाको पहुँच बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । कोरोना महामारीका कारण संचालनमा आउँन नसकेका उद्योग प्रतिष्ठान तथा यातायातको बीमा पोलिसीको म्याद थपिने भएको छ । उक्त म्याद लक डाउनको अवधि भरी थपिने भएको हो ।  

माद्यामिक तहसम्मका विद्यार्थीका लागि २ अर्ब ७० करोड छात्रवृति, ८२ लाख बालबालिका लागि दिवा खाजा

काठमाडौं । सरकारले माद्यामिक तहसम्मका विद्यार्र्थीका लागि २ अर्ब ७० करोड रुपैयाँ छात्रवृति विनियोजन गरेको छ । त अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । यस्तै उनले ८२ लाख वालवालिको दिवा खाजाका लागि ७ अर्ब ५२ करोड रुपैयाँ छुट्याएको बताए ।

१३ अर्ब ९६ करोड व्याज अनुदान; सेबाेन, नेप्से र सीडिएससीको पुर्नसंरचना गरिने

काठमाडौं । सरकारले साना ऋणिलाई व्याज अनुदान दिन र बीमा शुल्कमा अनुदान दिनको लागि १३ अर्ब ९६ करोड विनियोजन गरिएको छ । १ खर्बकाे पुर्नकर्जा काेष स्थापना गरिने र पुर्नकर्जाको व्याज ५ प्रतिशत मात्र तोकिएको अर्थमन्त्रीले युवराज खतिवडाले बताए । अर्थमन्त्रीले फेरी पनि मर्जलाई प्रोत्साहित गर्ने बताएका छन् । लघुवित्तको व्याज यथार्तपरक बनाउने बताएका छन् । त्यस्तै आगामी आर्थिक वर्षभित्र नेशनल पेमेन्ट गेटवेयको स्थापना गर्ने बताए । विद्युतीय माध्यमबाट भुक्तानीलाई प्रोत्साहित गरिने छ । पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गर्न स्टक डिलर सञ्चालन गरिने छ । नेपाल धितोपत्र बोर्ड (सेबाेन), नेप्से र सीडिएससीको पुर्नसंरचना गरिने अर्थमन्त्रीले बताएका छन् । अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै पुँजी बजारलाई फराकिलो बनाउने,  ऋणपत्रको दोश्रो बजारमा कारोबार गर्ने, वस्तु विनिमय बजारको सुरु गर्ने बताएका छन् ।

एकल विन्दु सेवा केन्द्रलाई स्वाचालित बनाइने

काठमाडौं । सरकारले उद्योग विभागबाट सञ्चालिन एकल विन्दु सेवा केन्द्रलाई स्वाचालिन बनाउने भएको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  बताएका हुन् । उद्योग स्थापनाको सबै काम एकै ठाउँबाट गर्न सरकारले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

रेडियो मार्फत नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गरिने

काठमाडौं । रेडियो मार्फत नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको खतिवडाले बताएका हुन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । विद्यालय तहमा हरेक वर्ष वैशाख पहिलो सातादेखि नयाँ शैक्षिकसत्र शुरु हुँदै आएकामा यस वर्ष कोरोनाको जोखिम र गत चैत ११ देखि जारी बन्दाबन्दीका कारण शिक्षालय बन्द भई पठनपाठन प्रभावित हुँदै आएको छ । कतिपय विद्यालयले अल्पकालीनरुपमा भर्चुअल शिक्षा शुरु गरे पनि सबै ठाउँमा सूचना प्रविधिको पहुँच र शिक्षकको तत्परता नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा छन् । सरकारले भर्चुअल र अनलाइन शिक्षाका लागि आवश्यक शैक्षिक सामग्री निर्माण गर्ने घोषणा पनि गरेको छ । हाल माध्यमिक शिक्षा परीक्षा (एसइई) सहित सबै तहका परीक्षा अनिश्चितकाल स्थगन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना जोखिमपछि वैकल्पिक माध्यमबाट शिक्षण सिकाइका लागि अल्पकालीन र दीर्घकालीन उपायबारे उच्चस्तरीय कार्यदल गठन गरी कार्य गरिरहेको छ । बजेटमा कोरोना सङ्कटका कारण विद्यार्थीमा पर्न सक्ने मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकास गरिने जनाइएको छ । सो मन्त्रालयका लागि गत चालू वर्षभन्दा करीब रु आठ अर्ब वृद्धि गरी रु एक खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरिएको छ । चालू आर्थिक वर्षका लागि रु एक खर्ब ६३ अर्ब ७६ करोड विनियोजन गरिएको थियो । प्रतिशतका हिसाबमा चालू आवमा शिक्षामा कूल बजेटको १० दशमलव ६८ विनियोजन भएकामा आगामी आवका लागि ११ दशमलव ६४ हुने देखिएको छ । शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार विद्यालय पुनःनिर्माणको बजेटसमेत जोड्दा आगामी आवका लागि झण्डै १ प्रतिशत थप हुन पुग्नेछ । शिक्षा क्षेत्रमा अन्तरराष्ट्रिय प्रतिबद्धतानुसार कूल बजेटको २० प्रतिशत विनियोजन हुन माग हुँदै आएको छ ।

नेश्नल पेमेण्ट गेटवे सेवा सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले अब नेश्नल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उनले पाल भित्रका सबै किसिमका भुक्तानी फर फारक हुने व्यवस्था मिलाइएको उनले बताए ।

यसपाली पनि दोहोरियो बैंक मर्जरको नीति

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्वीजीसनलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । विगत केही वर्षदेखि संचालनमा रहेको मर्जर सम्बन्धी नीतिलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइने भएको हो । अर्थमन्त्री डा. युवराख खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । बैंक तथा वित्तीय संस्था मर्जरलाई प्रोत्साहन गर्ने नीति लिइने उनले जानकारी दिए ।

महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८  वर्षको बजेट सार्वजनिक गर्दै  मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात  खर्च दोब्बर गरेको जानकारी दिए। सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ।