विकासन्युज

यस्तो छ आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्णपाठसहित)

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपैयाँ  बराबरकाे अनुमानित आयव्याय  बजेट प्रस्तुत गरेका छन् । याे बजेट यो गत वर्षको तुलनामा ५८ अर्ब ३२ करोड ९१ लाखले कम हो । उनले बजेटकाे चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ कराेड अर्थात ६४.४ प्रतिशत र पुँजीगत तर्फ ३ खर्ब ५१ अर्ब ९१ कराेड अर्थात २३.९ र वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोड अर्थात ११.७ प्रतिशत विनियाेजन गरेकाे बताएका छन् । प्रस्तावित बजेटमा ८ अर्ब ८९ अर्ब ६२ कराेड राजश्व संकलन हुने, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ कराेड बेहाेरिने, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० कराेड र आन्तरिक ऋणबाट २ खर्ब २५ कराेड स्राेत परिचालन गरिने उनले बताए । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताए । गत वर्ष ८.५ प्रतिशत आर्थिक बृद्धि हुने  लक्ष्य राखेकाे थियाे । तर, अब सरकारले २.३ मात्र आर्थिक बृद्धि हुने उनकाे अनुमान छ । काेभिड १९का कारण राजश्व आम्दानी घट्ने र तर सार्वजनिक खर्चमा चाप रहेकाे जनाउँदै केही साधारणा खर्च घटाउने बताए । उनले सरकारी कर्मचारीहरूलाइ दिइदै अाएकाे प्राेत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता खारेज गरिएकाे बताए । इन्धन खरिद, फर्निचर खरिद, सवारी खरिद लगायतकाे खर्चमा पनि भारी कटाैति गरिने बताए । सरकारले दिँदै अाएकाे सामाजिक सुरक्षा भत्तामा कुनै कटाैति नगरिएकाे बताए । अर्थमन्त्री खतिवडाले काेराेना लगायत संक्रमण राेग नियन्त्रणकाे लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु. ९० अर्ब ६९ करोड  विनियाेजन गरेका छन् । बजेट निर्माण गर्दा सरकारले पहिलाे पटक स्वास्थ्य क्षेत्रलाइ प्राथमिकता सूचिकाे एक नम्बरमा राखेकाे छ । संक्रामक लगायत सबै प्रकारका रोग र विपद्‍बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने उनले बताए ।   हेर्नुहाेस् पूर्णपाठ [pdf id=218087]

सरकारले कुन-कुन क्षेत्रमा कर घटायाे ?

काठमाडाैं । सरकारले केही क्षेत्रमा कर घटाएकाे छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्त:शुल्क पनि हटाइएको बताए। उनले कोरोनाबाट बढी प्रभावित भएका व्यवसायलाई आयकरमा २० प्रतिशत छुट दिने घाेषणा गरे। उनले सहुलियतपूर्ण कर्जा दुई प्रतिशतमा पाइने तथा पुनर्कर्जा एक खर्ब रहेको पनि बताए । सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । २० लाख रूपैयाँसम्म कारोवार गर्ने करदातालाई ७५ प्रतिशत,  २० लाखदेखि  ५० लाखसम्म कारोवार गर्ने करदातालाई ५० प्रतिशत र रु ५० लाखदेखि रु एक करोडसम्म कारोवार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । लघुउद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीले सञ्चालन गरेका लघुउद्यमलाई तीन वर्ष थप गरी १० वर्ष बनाइएको छ । लघु बीममा लाग्दै आएको मूल्य अभिवृद्धि करलाई समेत हटाइएको छ । लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपक्षीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेशिनरी तथा कच्चापदार्थ एवं कृषि फार्म तथा कम्पनीले पैठारी गर्ने कृषियन्त्र उपकरण तथा धान, मकै, गहुँ र तरकारीको बीउ पैठारी गर्दा लाग्ने भन्सार महशुल सरकारले छुट दिएको छ । प्राथमिक कृषिउपजको पैठारीमा लाग्दै आएको भन्सार महशुल तथा कृषि सुधार शुल्क वृद्धि गरिएको छ । कोरोनाका कारण बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटल, ट्राभल तथा टे«किङ व्यवसायीलाई चालू आवको आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट दिइएको छ । आगामी आवको बजेटमा पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्यवृद्धि कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक बनाइएको छ । औषधि उद्योगलाई आवश्यकपर्ने कच्चपदार्थको पैठारीमा मूल्य अभिवृद्धिकर छुट दिई त्यस्ता वस्तु स्वदेशी उद्योगीबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिइने व्यवस्थासमेत मिलाइएको छ । बजेटले आयुर्वेदिक कच्चा पदार्थको भन्सार शुल्क हटाएको छ । स्यानिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल तथा पिपिईएमा अन्तःशुल्क छुट दिइएको छ । इन्टरनेट सेवा प्रदायकले फिक्स्ड ब्रोडव्याण्ड सेवा प्रदान गर्दा ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिइने भएको छ भने रेडियो तथा टेलिभिजन प्रसारण संस्थाले तिर्नुपर्ने कारोवार रकमको दुई प्रतिशत सेवा शुल्क घटाएर एक प्रतिशत कायम गरिएको छ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत् राखेको छ भने अन्तःशुल्क र भन्सारका केही दरलाई भने समायोजन गरेको छ । सामुदायिक वनले साल र खयर जातका काठ उपभोक्ता समूह बाहिर बिक्री गर्दा लाग्दै आएको १५ प्रतिशत वन पैदावार शुल्क आजैका मितिदेखि खारेज गरिएको छ । औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरमा छुट दिइएको अर्थमन्त्रीले जानकारी दिए । खानेपानी तथा सरसफाइ उपभोक्ता समूहलाई आयकर नलाग्ने व्यवस्था गरी चालू आवमा निर्धारण भएको आयकर मिनाहा गरिएको छ । गाउँपालिकामा सञ्चालित सबै प्रकारका सहकारीलाई आयकर छुट दिएको सरकारले नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकामा सञ्चालित सहकारीका लागि भने क्रमशः पाँच, सात र १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको छ । उनले उद्योगहरूले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर घटाएको बताए । यस्तै, तयारी मालवस्तुको आयातमा लाग्दै आएकोभन्दा कच्चा पदार्थको आयातमा भन्सार दर एक तह कम गर्ने उनकाे भनाइ छ । मास्क तथा स्यानिटाइजर उत्पादन गर्ने उद्योगका लागि आवश्यक कच्चा पदार्थको पैठारीमा लाग्ने मूल्य अभिवृद्धि करमा छुट दिइने उनले घोषणा गरे। उनले कृषि बाली तथा पशुपंक्षीका उपचारका लागि आवश्यक औषधि तथा कृषि यान्त्रीकरण पैठारीमा लाग्ने भन्सार महसुल घटाइएको जानकारी दिए । यस्तै,उनले धान, मकै, गहुँ र तरकारीको बीउ पैठारीमा लाग्दै आएको भन्सार महसुल घटाइएको पनि घाेषणा गरे ।

कर बढ्योः मद्यपान र धुम्रपान गर्नेलाई तनाव, गहना लगाउने र गाडी चढ्ने के गर्लान ?

काठमाडाैं । सरकारले केही क्षेत्रहरूमा कर बढाउने भएपछि त्यसमा मुल्य पनि अवश्य बढ्नेछ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको बताएका छन् । यस्तै, उनले  चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको पनि उनले बताए। याे सँगै अब मद्यपान र धुम्रपान गर्नेहरूले महँगाे रकम तिरेर खानु पर्नेछ भने गहना लगाउनेहरूले पनि महँगाे तिर्नु पर्नेछ । यस्तै, अब गाडी चढ्नेहरूले पनि डिजेल पेट्रोलकाे मूल्य महँगाे तिर्नु पर्नेछ ।

बजेटः सेयर बजारको लागी ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’

काठमाडाैं । सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले बताईन् । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारको लागी कार्यक्रम यो बजेटमा नपरेको उनको तर्क छ । हालै प्रस्तुत भएकाे आगामी आर्थिक वर्षको बजेटमा प्रतिकृया दिँदै उनले विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आ.व. मै भएको व्यवस्थाको लागी थप समय खर्चेको जस्तो लागेकाे बताइन् । साथै, उनले  खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित नहुने र यो बजेट महत्वकाक्षी रहेकाे बताइन् । ‘कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हमपट्टी लाउँनेछ र सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकिएको छैन् ।’- उनले बताइन् ।

यी हुन् सरकारले कर बढाएका र घटाएका क्षेत्र

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले केही क्षेत्रहरूमा कर बढेकाे बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले  हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको बताएका हुन् । यस्तै, उनले चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धिमा कर बढेको बताए । यसकाे गैरकर राजस्वको दर पुनरावलोकन गरिने पनि उनले जानकारी  दिए । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लाग्‍ने उनकाे भनाइ छ । यी क्षेत्रहरूमा कर बढेसँगै अब यसकाे मूल्यवृद्दि पनि हुनेछ । अब डिजेल पेट्रोल, मट्टितेल र सुनकाे मूल्य बढ्नेछ । कर घटाइएका क्षेत्र सरकारले केही क्षेत्रमा कर घटाएकाे पनि छ । अर्थमन्त्री डा.युवराज खतिवडाले एक दर्जन बढी वस्तुमा लाग्दै आएको कर तथा अन्त:शुल्क पनि हटाइएको बताए। उनले कोरोनाबाट बढी प्रभावित भएका व्यवसायलाई आयकरमा २० प्रतिशत छुट दिने घाेषणा गरे । सहुलियतपूर्ण कर्जा दुई प्रतिशतमा पाइने तथा पुनर्कर्जा एक खर्ब रहेको पनि उनले उल्लेख गरे। उनले उद्योगहरूले पैठारी गर्ने कच्चा पदार्थको भन्सारदर घटाएको बताए । यस्तै, तयारी मालवस्तुको आयातमा लाग्दै आएकोभन्दा कच्चा पदार्थको आयातमा भन्सार दर एक तह कम गर्ने उनकाे भनाइ छ । ‘मास्क तथा स्यानिटाइजर उत्पादन गर्ने उद्योगका लागि आवश्यक कच्चा पदार्थको पैठारीमा लाग्ने मूल्य अभिवृद्धि करमा छुट दिइनेछ, कृषि बाली तथा पशुपंक्षीका उपचारका लागि आवश्यक औषधि तथा कृषि यान्त्रीकरण पैठारीमा लाग्ने भन्सार महसुल पनि घटाइनेछ,’ उनले भने । यस्तै,उनले धान, मकै, गहुँ र तरकारीको बीउ पैठारीमा लाग्दै आएको भन्सार महसुल घटाइएको पनि घाेषणा गरेका छन् ।

१४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँकाे बजेट, ७ प्रतिशतकाे आर्थिक बृद्धि

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो रकम प्रस्तुत गरेका हुन् । उनले बजेटकाे चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ कराेड अर्थात ६४.४ प्रतिशत र पुँजीगत तर्फ ३ खर्ब ५१ अर्ब ९१ कराेड अर्थात २३.९ र वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ८९ करोड अर्थात ११.७ प्रतिशत विनियाेजन गरेकाे बताएका छन् । यो गत वर्षको तुलनामा ५८ अर्ब ३२ करोड ९१ लाखले कम हो । यस्तै, सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताए । गत वर्ष ८.५ प्रतिशत आर्थिक बृद्धि हुने  लक्ष्य राखेकाे थियाे । तर, अब सरकारले २.७ मात्र आर्थिक बृद्धि हुने अनुमान गरेकाे छ । गत वर्ष सरकारले १५ खर्ब ३२ अर्ब ९६ कराेड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

आर्थिक बृद्धिदर ७ प्रतिशत हुने अनुमान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । र, सरकारले ७ प्रतिशतमै मूल्यबृद्धी राख्ने याेजना सार्वजनिक गरेकाे छ ।

एसएमईलाई १० वर्षसम्म ७५ प्रतिशतसम्म कर छुट

काठमाडौं । सरकारले साना तथा मझौला उद्यम व्यवसायको लागि कर छुटको स्कीम ल्याएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । नयाँ व्यवस्था अनुसार वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने एसएमईलाई ७५ प्रतिशतसम्म छुट, २० लाखदेखि ५० लाखसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत छुट र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्ने एसएमईलाई २५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ । यस्तो कर छुट ७ वर्षको लागि र महिलाले संचालन गरेका एसएमईको लागि भने १० वर्षसम्म कर छुट दिइने भनिएको छ ।