काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा कैची चलाएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले लकडाउन अवधिभर सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकले बचत गर्नु पर्ने रकम सरकारले बचत गर्ने बताए ।
तर उनले उक्त रकम योगदान कर्ताले कर्जाको रुपमा लिन सक्ने र अवस्था सामान्य भएपछि ऋण फिर्ता गर्नु पर्ने उनले बताए ।
बजेटमा उनको भाषा द्वैदअर्थि रहेको पनि छ । यदि योगदातकर्ताले विगतमा बचत गरेको रकमबाट कर्जा लिन पाउने सुविधा दिएको भए त्यसले योगदानकर्तालाई लाभ मिल्ने छ । तर अहिले कोषमा बचत नगरिएको रकम कर्जाको रुपमा व्याख्या गरिएको हो भने त्यसमा सरकारले गम्भिर धाँदली भएको मानिने एक रोजगारदाताले बताए ।
सरकारले चैत महिनामा काेषमा जम्मा गर्नु पर्ने रकममा अनुदान दिएकाे छ । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुविधालाई निरन्तरता दिने बताएका थिए ।