टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग, बालबालिकालार्इ स्वयंसेवी शिक्षकबाट प्रशिक्षण दिइने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बैंकका निर्देशक विरेन्द्रकुमार शाहले टिच फर नेपाललाई सो मात्राको चेक हस्तान्तरण गरेका हुन् । बैंकले समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि टिच फर नेपालसँग सहकार्य गरेको हो । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण जिल्लाका सार्वजनिक स्कूलहरुमा गुणस्तिरय शिक्षा प्रदान गर्ने कार्यका लागि उक्त सहयोग गरेको हो । यस अभियानबाट देशका विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षको लागि स्वयंसेवी शिक्षकको माध्यमबाट गणित, विज्ञान र अंग्रेजी विषयमा प्रशिक्षण दिने बैंकले जनाएको छ । बैंकको वित्तीय सहयोगले ग्रामीण जिल्लाका निम्न स्तरको सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारको लागि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने कि ?
काठमाडौं । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि(बुधबार) पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा १ आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका/स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् । कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका/नगरपालिका)ले गर्दैछन् । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्छन्। उनका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ । “भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउँछन् । भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो । बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । पाखुराको नाप किन ? मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्छन् । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ । बाल स्वास्थ्य महाशाखा प्रमुख डा. गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयमसेवीका/स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयमसेवीकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् । महिला स्वयमसेवी तथा । रासस
बारामा दोस्रो खाना महोत्सव सम्पन्न, धरहरामा सेल्फि लिनेको घुईचो(फाेटाेफिचर सहित)
काठमाडाैं । ‘सडक मै खाऔ“, सडक मै रमाऔ“’ भन्ने मुल नाराका साथ प्रदेश नम्बर २ को बारामा आयोजित दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ सफलतापुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पहिलो भन्दा यसबर्षको महोत्सव सब्य र भब्य रुपमा सम्पन्न भएको बताए । ‘यसबर्ष हामीले सबै क्षेत्रको सहयोग पायौ, त्यसकारण पनि होला अघिल्लो महोत्सवभन्दा यसबर्ष व्यवस्थित ढंगले सम्पन्न भयो’ अध्यक्ष शर्माले भने । महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उप–समितिमार्फत काम भएको थियो । खानाका विभिन्न स्टल यसबर्ष पहिलोभन्दा दोश्रो महोत्सवमा झन्डै दोब्बर स्टल राखिएको थियो । ३ दिनसम्म चलेको महोत्सवमा बिभिन्न परिकारका खानाको स्टल देख्न सकिन्थ्यो । यसबर्ष खानाका स्टलमा बिशेष परिकार जस्तै केरा, च्याउ र माछाको मम राखिएको थियो । त्यसबाहेक पनि लोकल कुखुराको मासु र ढिडो, घुङ्गि, पिजा, बर्गर, चाउमनिको पनि परिकार राखिएको थियो । यस्तै महोत्सवमा चार तारे ईच्छा होटलको पनि स्टलसहित दशै लक्षित बिभिन्न लत्ता कपडाका साथै गार्मेन्टको स्टल देख्न सकिन्थ्यो । मध्यरातसम्म तात्यो बारा दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ मा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाएका छन् । ३ दिने महोत्सवमा नेपालका चर्चित गायक राजनराज सिवकोटी, रामजि खाड, दुर्गा खरेल, कमल के. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, प्रदिप त्रिपाठी, सुनिल पण्डित, देवेन्द्र कार्की, संतोष देउजा लगायतले मध्यरातसम्म आफ्नो प्रस्तुती देखाए । हजारौ दर्शकको उपस्थितिमा सिमराको एयरपोर्ट रोडमा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाउदा बाराको माहोल नै तातिएको थियो । ‘चाडपर्वको समयमा आफ्नै जिल्लामा आएर बिभिन्न खानाको परिकारसंगै संगितमा झुम्न पाउदा निकै खुशि लागेको छ’ काठमाण्डौबाट महोत्सव हेर्न सिमरा आएका डुमरवाना निवासी किशोर साहले भने । महोत्सवमा बिभिन्न समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो । साथै पनाम ब्याण्डसहित स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए । ३ दिनमा ५० हजार दर्शक ३ दिनको अवधीमा ५० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव हेर्न बारासहित छिमेकी जिल्ला पर्सा, रौतहट, मकवानपुरबाट समेत दर्शकहरु सिमरा आएका थिए । महोत्सव स्थल सिमराको एयरपोर्ट रोड बेहुलीझै सिंगारिएको थियो । महोत्सवको पुर्व संध्यामा कार्यक्रम बारा खाना तथा दशै महोत्सव २०७५ को पुर्व संध्यामा साईकलिङ कार्यक्रम आयोजना गरिएको थियो । विश्व पर्यटन दिवसको अवसर पारेर संघले आयोजना गरेको कार्यक्रममा झन्डै डेढ सय जनाले साईकलिङ गरेका थिए । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको साईकलिङमा बारासहित छिमेकी जिल्ला मकवानपुरबाट समेत साईकल यात्रुहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरीका डिआईजीदेखि शिक्षकसम्मले साईकिङ गरेका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको गढिमाई मन्दिरबाट शुरु भएको साईकलिङ अमलेखगञ्जको हात्तिसारमा पुगेर अन्त्य भएको थियो । साईकल यात्रुहरुले गढिमाई मन्दिरबाट झन्डै २२ किलोमिटर दुरीमा रहेको हात्तिसार सहजै तय गरेका थिए । ९ बर्षदेखि ६५ बर्षसम्मका बृद्धले साईकलिङ गर्दा कार्यक्रमको माहोलनै तातिएको थियो । यसअघि विश्व पर्यटन दिवसको अवसरमा आयोजित ३ दिने कार्यक्रमको पहिलो दिन काठमाण्डौबाट सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई फुलमाला लगाएर सम्मान गरिएको थियो भने दोश्रो दिन पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिकाको बिषयमा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको थियो । धरहरामा सेल्फि लिनेको घुईचो महोत्सव स्थल सिमरामा काठमाण्डौको झल्को दिने धरहरा राखिएको थियो । महोत्सवको आकषर्ण स्वरुप लामो समयदेखि मेला महोत्सव गर्दे आएको हाम्रो समन क्याम्प सिमराले कार्यक्रम स्थलमा धरहरा राखेको हो । कार्यक्रम स्थलमा धरहरासंगै बिभिन्न रंगले रंगिएको रंगोली बनाईएको थियो । महाभुकम्पले भत्काएपछि सम्झना स्वरुप महोत्सवमा राखिएको धरहरामा सेल्फि लिनेको तिनै दिन घुईचो लागेको थियो । खाना महोत्सव महोत्सवमा आयोजकको रुपमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २, प्रर्वधकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ, मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उप–महानगरपालिका, बारा, सह–आयोजकको रुपमा नेपाल मत्स्य व्यवसायी संघ बारा, सामुदायीक बिकाशसिल क्लब सिमरा बारा, नव दुर्गा युवा क्लब सिमरा बारा रहेको थियो । यसैगरी महोत्सवको मुख्य प्रायोजकको रुपमा गार्खा ब्रूअरीको उत्पादन टुर्बग र कलाकार व्यवस्थापनमा साङ्गितक कला मञ्च बारा रहेको थियो ।