जेल बस्दा करोडौंबाट उन्मुक्ति, निश्चित समयको जेल, पैसा मिनाहा ?
काठमाडौं । प्रतीतपत्र घोटाला (विदेशी विनिमय कसुर) मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रन्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिबाना गर्यो। फैसलाको ११ वर्षपछि उनी काठमाडौंको टेकुुबाट पक्राउ परिन्। कैद सजाय भोगिसकेपछि पनि उनी जेलमै छिन्। केन्द्रीय कारागार सुुन्धारामा रहेकी रन्जित जरिबानाबापतको कैद सजाय भोगिरहेकी छन्। अब बढीमा दुुई वर्षभित्र जेलमुुक्त हुुनेछिन्। काठमाडौंको जैसीदेवलकी रन्जित भक्तपुुरमा खोलिएको बैजन्ती इन्टरप्राइजेजकी सञ्चालक हुन्। विदेशी विनिमय कसुुरमै काठमाडौं जिल्ला अदालतले २०६७ सालमा फैसला गर्दै दोलखाका भीमबहादुुुुर तामाङलाई एक करोड ११ लाख ६ हजार पाँच सय रुपैयाँ जरिबाना गर्यो। काठमाडौंको कपनमा जैतुुन इम्पेक्स सञ्चालन गरेका तामाङ अदालतले फैसला गरेको तीन वर्षपछि कपनबाटै पक्राउ परे। उनले जरिबाना तिरेनन्। अहिले केन्द्रीय कारागार सुुन्धारामा छन्। अब बढीमा एक वर्षभित्र उनी जेलमुुक्त हुुनेछन्। उनले राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा कम्प्युुटर पाट्स आयात गर्न खोलेको प्रतीतपत्रमार्फत झूटो विवरण पेस गरी अमेरिकी डलर अपचलन गरेका थिए। यसैगरी विदेशी विनिमय, भ्रष्टाचार र सरकारी छाप दस्तखत किर्ते अभियोगमा एक वर्ष कैद र करिब ३१ करोड जरिबाना सजाय पाएका काठमाडौंका बलराम सापकोटा केन्द्रीय कारागारमा जरिबानाबापतको कैद काटिरहेका छन्। अदालतको फैसलापछि २०७१ सालमा पक्राउ परेका बलराम कोइली इम्पोरियमका सञ्चालक थिए। अपराधीलाई करोडौं रुपैयाँ जरिबाना सुुुुनाइए पनि कमजोर कानुुुुनी प्रावधानका कारण धेरैले जेलमै बसेर जरिबाना भुुुुक्तान गर्ने गरेका छन्। कैद र जरिबाना दुुुुवै सजाय भएको अवस्थामा जरिबानाबापत बढीमा चार वर्षमात्र कैद बस्नुुुुपर्छ। ‘जरिबाना तिर्न नसके अपराधीले दिनको २५ रुपैयाँका दरले जेलमा बसेर जरिबाना मिनाहा गर्छ। तर बढीमा चार वर्षभन्दा बढी बस्नु पर्दैन। यसले गर्दा करोडौं जरिबाना गरिएका अभियुक्तले रकम तिर्नभन्दा पनि जेलमै बस्न रुचाउने गरेको देखिएको छ’, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत कृष्णशरण लामिछाने भन्छन्। ‘३५ हजार रुपैयाँ तिर्न नसकेरै चार वर्ष जेल बस्न बाध्य अभियुक्त पनि छन्। उनीहरू वास्तवमै निम्न आयस्तरका हुन् तर करोडौं जरिबाना भएका अपराधी पनि चार वर्ष नै बसिरहेका छन्। आर्थिक अवस्था बलियो नभईकन यस्ता ठूला अपराध हुुन सक्दैनन्। कानुुनले दुुवैखालका अपराधीलाई समान सजाय तोकेको छ’, महानिर्देशक घिमिरे भन्छन्। अन्नपूर्ण पोस्टबाट ।
देबिन्द्र काउचाले ल्याए बचनले रेट्ने मायालाई नामक दोहोरी गीत
काठमाडौं । प्रबासमा रहेर पनि आफ्नो कला संस्कृती मार्फत प्रबासी नेपालीको मन जित्न सफल देबिन्द्र काउचाले राम पुनको परिकल्पनामा बचनले रेट्ने मायालाई नामक दोहोरी गीत युट्युब सँगै बजारमा ल्याएका छन् । बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका मिठो स्वरका धनी काउचाले यस अघि लोक गायक जितन भाइको सहकार्यमा हङकङको लाहुरे नामक दोहोरी गीत बजारमा ल्याइसकेका छन् । बैदेशिक रोजगारी सँगै काउचाले यस अघिनै बैंश छँदै र आँधी चलाएर गयौ नामक दुइ लोकगीतको एल्बम बजारमा ल्याइसकेका छन् । युवा गायक काउचाकै संगीत रहेको यो गीतमा टिका मास्की मगरको शब्द रहेको छ । काउचाले जुना श्रीस मगरको सुरिलो आवाजको साथ पाएकाछन् । देविन्द्र काउचाको आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् भने यसको निर्देशन प्रकाश भट्टले गरेका छन् । यसैगरि गायक काउचाले मायामाया, म त पीरमा छु लोक गीत तथा बेशीतिर झर लोक दोहोरी गीत छिट्टै नै बजारमा ल्याउन लागेको जानकारी दिए ।
सानिमा बैंकद्धारा क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण
काठमाडौं । सानिमा बैंक लिमिटेडद्वारा प्रायोजित नेपाली राष्ट्रिय टिमका खेलाडी तथा अन्डर-१९ क्रिकेटका कप्तान सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण गरिएको छ । आइतबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले लामिछानेलाई उक्त क्रिकेट किट हस्तान्तरण गरेका हुन् । सानिमा बैंकद्वारा दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता भए अनुरुप बैंकले सन्दिप लामिछानेलाई मासिक रुपमा प्रायोजीत रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवारले लामिछानेलाई प्रायोजन गर्न पाएकोमा खुसी भएको र सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा व्यवसायिक खेलकुदको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।