मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै

काठमाडौँ ।  मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै छन् । सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ कर्मथलो बनाउँदै आएका उद्यमान नव मोडल तथा गायक दिपेन्द्र सोनाम अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका तथा आफुलाई सिने क्षेत्रमा स्थापित गर्न सक्रिय युवाको रुपमा परिचित छन् । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र सुन्दर मुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक तथा मोडल दिपेन्द्रले चाडैनै आफ्नै आवाजमा नयाँ गीत समेत सांगीतिक बजारमा लिएर आउन लागेका छन् । देशभर हुने स्टेज कार्यक्रम, मेला महोत्सबमा हजारौ दर्शक तथा श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दिपेन्द्र युवा व्यवसायी समेत हुन् । उनी भन्छन्( मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु रहेको हुँदा सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताए ।

अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल २०१९ उपाधि

काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस ट्यालेन्टको उपाधि प्रदीप्ता अधिकारीले पाइन् भने पपुलर च्वाइसमा रिया बस्नेत परेकी छन् । यस्तै मिस फ्यासिनो अनुष्का श्रेष्ठ भइन् । मिस कन्फिडेन्सको उपाधि निशा पाठकले र ब्युटी विथ प्रपोजको उपाधि निकिता कर्माचार्यले पाए । प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् । अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करण हो । उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

झाडापखला लाग्दा झोल पदार्थ पिउनुहोस् तर दुध होइन : डा. अनुप बास्तोला

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये झाडापखालाका बिरामी उल्लेख्य मात्रामा छन् । अस्पताल श्रोतका अनुसार केही बर्ष यता अस्पतालमा सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेका छन् । अस्पतालले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार प्रमुख पाँच रोगमा पहिलोमा झाडापखाला पाईएको हो । अहिले गर्मी सिजन चलिरहेको छ, यो सिजनमा धेरै मानिसहरुलाई झाडापखलाले सताउने गरेको छ । झाडापखाला जाडो महिनामा पनि देखिने गर्दछ, तर गर्मी महिनामा यसले मानिसहरुलाई बढी सताउने गरेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाको अनुसार विशेष गरेर ब्याक्टेरिया र भाइरसको संक्रमणले हुने झाडापखाला दूषित पानी, सडेगलेका बासी र झिंगा भन्किएका खाना, फोहोर पानी, फोहोर हातका माध्यमबाट फैलिने गर्दछन्। खुला क्षेत्रमा गरिएको मानिसको र पशुपन्छीको दिशा पानीमा मिसावट हुने र त्यही पानी मानिसहरुले पिउदा झाडापखलाको हुनु गरेको डा. बास्तोलाले बताए। खानाको कारण पेटमा हुने एलर्जी, शरीरले कार्बोहाइड्रेट पचाउन नसक्दा पनि झाडापखाला हुने गर्दछ । झाडापखाला हुँदा शरीरबाट धेरै मात्रामा नुन, पोषनतत्व र पानीखेर जान्छ, जुन अवस्थालाई जलवियोजन भनिन्छ । यस्तो अवस्थामा समयमै उपचार नभए बिरामीको अकालमा मृत्यु पनि हुन सक्दछ। के खाने ? १। साधा खानेकुरा झाडापखला लागेको समयमा चिल्लो, पिरो रहित साधा खानेकुरा खानुपर्छ किनभने यस समय चिल्लो र पिरो खानाले पेटमा अझै समस्य निम्ताउँछ। त्यसैले यस समयमा निकै साधा खानेकुरा खानुपर्छ जस्तै ः – सेतो भात – पाउरोटी – केरा – उसिनेको आलु – जाउलो यी खानेकुराहरु झाडापखला लागेको पहिलो दिन निकै नै सहयोगी हुन्छ, किनभने साधा खानेकुराहरुले पेटको पाचन शक्तीलाई सन्तुलित बनाउन मद्त गर्दछ। के पिउने ? झोलिलो पदार्थ झाडापखलाको समयमा एकदमै फाईदाजनक तत्व हो । झाडापखला लागेका मानिसहरुले यस्तो समयमा पानी खाईरहनुपर्छ र शौचालय गएर आएको हरेक पटक पानी पिउनु पर्दछ । धेरै पानी पिउनाले शरीरमा पानी कम हुन नदिई शरीरलाई तागत दिईरहन्छ । यस समयमा शरीरले पानी मात्र नभएर मिनिरल जस्ता महत्वपूर्ण तत्व गुमाउँछ। त्यसैले यो अवस्थामा मानिसहरुले मिनिरलहरु पाइने झोल पदार्थ पिउनुपर्छ। मिनिरल पाइने झोल पदार्थ – नरिवल पानी के नखाने ? १। मसालेदार खाना मसालेदर खानेकुराले झाडापखला भएको अवस्थामा अझै पेटलाई बिगार्ने गर्दछ। यसकारण यो समयमा मसालेदार खानेकुराबाट टाढै बस्दा राम्रो हुन्छ। २। तारेको खानेकुरा तारेको खानेकुराले पाचन शक्तीलाई अझै कमजोर बनाउँछ। यसले झाडापखलालाई अझै जटिल बनाउने हुनाले यस अवस्थामा तारेको खानेकुरा खानु हुँदैन। यसको विकल्पमा उसिनेको तरकारी खानु स्वस्थ हुन्छ । ३। उच्च फाईबरयुक्त खानेकुरा झाडापखला लागेको समयमा उच्च फाइबरयुक्त खानेकुराले पनि समस्या निम्ताउन सक्छ । यधपी फाइबरले पाचन शक्तीलाई तन्दुरुस्त राख्ने भएपनि यसले झाडापखला लागेको समयमा अझै धेरै बिगार्न सक्छ। फाइबर युक्त खानेकुरा गहुँ, चामल, रोटी, बदाम हुन्, तर स्याउ, केरामा भएको फाइबरले भने झाडापखलालाई रोक्न मद्त गर्दछ। अन्य खानु नहुने खानेकुरा –प्याज र लसुन – प्याक गरिएको खानेकुरा – काँचो तरकारी – काउली, बन्दा, ब्रोकाउली, दुग्ध पदार्थ – सुंगुरको मासु