समूहमा आवद्ध ३४ जनालाई नेशनलले दियो व्यवसायिक च्याउ खेती तालिम

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वितीय संस्था लि. शाखा कार्यालय मसुरीयाले समूहमा आवद्ध सदस्यहरुलाई २ दिने सीपमूलक व्यवसायिक च्याउ खेती तालिम सम्पन्न गरेको छ । महिला कृषकहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्दै व्यवसायको विस्तार एवम् आय-आर्जनमा सुधार र वृद्धिका लागी तालिमको आयोजना गरेको बताइएको छ । संस्थाका शाखा प्रमुख अंचल चौधरीको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नं ५ को वडाध्यक्ष लिलाराम सदशंकर, विशिष्ठ अतिथिमा मोहन्याल उच्च माविका संचालक समितिको अध्यक्ष जंगबहादुर विक र सोही माविका प्रअ केशवराज भट्ट अतिथिमा पत्रकार घनश्याम पौडेल, तालिम प्रशिक्षकहरु रमेश घिमिरे, भुमिराज खत्री वडासदस्य पार्वती विक लगायको उपस्थिति रहेको थियो । गौरीगंगा नपाका विभिन्न वडाका महिला सदस्यहरु ३४ जनालाई २ दिनसम्म व्यवसायिक च्याउ खेती गर्न चाहिने अधारभूत सीप र बजारीकरणको साथै विविध बिषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराइएको आयोजक संस्थाले जनाएको छ ।

मेक्सम खाती र मेलिना राईको ‘तिम्रो रुपैको जादु’ भिडियाे सहित सार्वजनिक

काठमाडौं । मेलिना राई र मेक्सम खातीको नयाँ गीत ‘तिम्रो रुपैको जादु’ भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतको लय कुमार पौडेलको रहेको छ भने संगीत् नरेश खातीको हो । उक्त गीत शिशिर खातीको निर्देशनमा नरेश खातीले उत्पादन गरेका हुन् । कमल सौरागको संगीत संयोज रहेको म्युजिक भिडियोमा मेक्सम खातीकाे साथमा स्नेहा पौडेललाई देख्न सकिन्छ ।  

सुर्तिजन्य पदार्थको कारण बर्षनी ३५ हजार नेपालीले गुमाउँछन् ज्यान, ऐन कडाईका साथ लागु गर्न माग

काठमाडौं। सुर्तिजन्य पदार्थ सेवनको कारण प्रत्येक बर्ष नेपालमा ३५ हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। सुर्तीजन्य पदार्थ विरुद्द कडा एन नहुँदा लाखौं मानिसहरुहरु यसबाट प्रभावित भईरहेको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले बताए। बुधबार ललितपुरस्थित् क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा बोल्दै पौडेलले सरकारले कडाईका साथ सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने,‘दिनदिनै सुर्तीजन्य पदार्थको उपयोग बढिरहेको विभिन्न अध्ययन तथा अनुशन्धानले देखाएको छ। यो अत्यन्तै दुःखदायी कुरा हो । यसप्रति सरकार सचेत हुनुपर्छ । पर्याप्त ज्ञानको अभावका कारण र साथीहरुको गलत संगतले गर्दा किशोरकिशोरीहरु सुर्तीजन्य पदार्थको सेवनको लतमा लागेका छन् । यसबाट उनीहरुलाई मुक्ति दिलाउन सरकारले अब कडाईका साथ प्रस्तुत हुनुपर्छ ।’ त्यस्तै कार्यक्रममा काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सरलगायत नसर्ने रोगहरुको रोकथामको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि जोड दिनुपर्ने बताए । त्यस्तै, उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरबाटै सशक्त अभियानको रुपमा विभिन्न प्रभावकारी कार्यक्रमहरु चलाउनुपर्ने पनि जोड दिए । उनले भने,‘यस्ता कार्यक्रमहरुमार्फत मुटु र क्यान्सरलगायत नसर्ने रोगहरुको उपचारमा लाग्ने खर्चसमेत न्यूनीकरण गर्न सकिन्छ । हामीले विगत लामो समयदेखि विभिन्न सचेतनामूलक कार्यक्रमहरु चलाउँदै आएका छौं । विशेषगरि स्कुल तथा कलेजमा यो कार्यक्रम बढि प्रभावकारिता बनाउनुपर्छ । हामी त्यहीअनुरुप अघि बढिरहेका छौं ।’ कार्यक्रममा ग्लोबल आईएमई बैंकका बजार प्रबन्धक सुदर्शनराज गुरुङले वित्तिय साक्षरताको बारेमा प्रकाश पारेका थिए । उनले प्रत्येक नेपाली वित्तिय रुपमा सवल बन्नुपर्नेमा जोड दिए । त्यस्तै, गुरुङले सुर्तीजन्य पदार्थको सेवन गर्नुको साटो बचत गर्ने बानी बसाल्नतर्फपनि युवा पुस्तालाई प्रोत्साहन गरेका थिए । उनले क्यान्सर काउन्सिल नेपालले सञ्चालन गर्दै आएको जनचेतनामूलक कार्यक्रमप्रति आफूहरुको एक्येबद्धता रहेको र आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए । काउन्सिलले पवित्र उद्देश्य राखी सञ्चालन गर्दै आएको कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले आगामी दिनमा अझै यस्ता कार्यक्रमलाई बढिभन्दा बढि जनताका बीचमा लैजानुपर्ने पनि उनले सुझाए । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई पनि यस्ता खाले कार्यक्रमले टेवा पुग्ने उनको विश्वास थियो । आयोजकका अनुसार आजको कार्यक्रमको प्रायोजन भने ग्लोबल आईएमई बैंकले गरेको हो ।