ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमा, कारवाहीमा परेकालाई सजिलो

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिए । उनले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै नमूना राजधानी निर्माण गर्न समयसापेक्ष कानून, प्रविधिको प्रयोग, सडक सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धिमा महाशाखाले काम गर्ने बताए । “हामी सबैको चाहना उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्दै नमूना राजधानी निर्माण गर्नु हो, सोहीअनुसार महाशाखाले काम गर्दैजानेछ”, उनले भने । उनले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन भाडाका सवारी साधनमा ‘ड्रेस कोर्ड’, सबै चोकमा ट्राफिक लाइट सञ्चालन, ट्राफिक जानकारी सम्बन्धी मोबाइल एप्स, स्मार्ट पार्किङ, नमूना सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न लागेको जानकारी दिए । ३ लाख ८४ हजारलाई कारवाही महाशाखाले एक वर्षको अवधिमा विभिन्न कसुरमा तीन लाख ८४ हजार २०६ सवारी चालकलाई कारवाही गरेको छ । महाशाखाले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने २६ हजार ४०९, लेन अनुशासन उलङ्घन गर्ने ३२ हजार २७, अर्कोको नाममा लाइसेन्स लिन जाने १३, हर्नमा १२ हजार २७१, ह्वील लकमा दुई हजार ८७६, बढी भाडा लिने १० हजार ७८७, सिसिटिभीमा पाँच हजार ६०, सर्भिलेन्स सवारी साधन ९९५, मापसेमा २८ चालकलाई निलम्बन गरेको छ । ट्याक्सीमा छुटेको १६१ सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ । यस्तै, महाशाखाले चैत २१ गतेदेखि शुरु गरेकोे तीन महिने उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत ११ स्थानमा जेब्राक्रसिङ निर्माण, तीन स्थानमा स्टपलाइन निर्माण, दुई हजार ७५ सवारी प्रदूषण जाँच, पाँच स्थानमा करिडोर निर्माण सम्पन्न गरेको छ । महाशाखाले एक वर्षकोे अवधिमा राम्रो काम गर्ने ६१ प्रहरीलाई पुरस्कार प्रदान गरेको छ भने प्रहरी आचरण विपरीत काम गर्ने ५२ प्रहरीलाई कारवाही गरेको छ । रासस

नायिका शुभेच्छा थापाद्धारा निर्देशित ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न

काठमाडौं । नायिका निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो । यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला परेको थापाले बताइन । ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जिवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ । लक्ष्मी रानी चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् । हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हुन् । आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भुमिकामा सफल हुने बिश्वास लिएकी छु’ उनले भनिन् । ‘लक्ष्मी रानी’ चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा ल्याईने जानकारी निर्देशक थापाले बताइन ।  

महानगरीय प्रहरी वृत्त कमलपोखरीमा मुक्तिनाथले बनायो हरित गार्डेन

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त(सामुदायिक शाखा) कमलपोखरीकोे खालीचौरमा वातावरण मैत्री हरित गार्डेन बनाएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खालीचौरमाहरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको जनाएको छ ।