माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, तेस्रो दिन १० खेल हुँदै

काठमाडौं । काठमाडौँमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा सोमबार कूल १० खेल हुदैछन् । तेस्रो दिन लिग चरण अन्तर्गतका ६ खेल हुन्छन् जसमध्ये पहिलो खेलमा भारतीय राजदुतावासको टोली मेगा बैंक विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्स्याेरेन्स र प्राईम बैंक खेल्ने भएका छन् । त्यस्तै, तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा विकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदुताबासको टोली एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । लिगचरण खेल पछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् । यसगरी, आइतबार दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन् । पहिलो दिनको खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । त्यस्तै दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गरेको थियो । सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन बनाएको थियो । तेश्रो दिनको खेलमा मुख्य प्रयोजक माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो । माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४मा समेटिएको थियो । त्यसैगरी, चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो भने पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो । यता छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । त्यस्तै सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो । दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल ’बि’ लाई १८ रनले पराजित गर्योे नवौं दिनको खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो । एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो । दशौँ दिनको अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो ।

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग र क्वेष्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ फागुन २ गते (शुक्रबार) सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केट बल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । क्वेष्ट इन्टरनेशनल कलेज प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम सैपाल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशल एकेडेमी भएका थिए । त्यसैगरी पुरुष तर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेका थिए । यसरी बैंकले हाल ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

लक्ष्मी लघुवित्तले व्यवसायीलाई दियो बेमौसमी तरकारी खेती तालिम

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध ३१ जना व्यवसाय उन्मुख ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । फागुन १ र २ गते सञ्चालन भएको उक्त तालिम मौसमी तरकारी खेती सम्बन्धी परम्परागत सीपलाई व्यवसायीकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको थियो । तालिममा बेमौसमी तरकारी खेतीको महत्व तथा फाइदाहरु, बेमौसमी तरकारी खेती प्रविधि, खेतीको लागि उपयुक्त स्थल, समय र तरकारी बालीका जातहरुको छनोट, खेती प्रविधिमा परिवर्तन, विभिन्न रसायनको प्रयोग विधि, भण्डारण गर्ने तरीका, पोष्टहार्भेष्ट प्रविधि, व्यवसायका समस्या र समधानका उपायहरु एवम् सफल उद्यमीमा हुनुपर्ने गुणहरुको बिषय बस्तुहरुमा चर्चा गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) श्री ओम प्रकाश भुसालले गरेका थिए । साथै, लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।