पञ्चकन्या ग्रुपले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रम एक–आपसमा शुभकामना आदान–प्रदान गरी मनाइएकाे हाे । कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो । सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरुसमेत कार्यक्रममा प्रदान गरिएको थियो ।

सेण्टजोसेफका विद्यार्थीले गरे कोरोना सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं । सेण्टजोसेफ ईबो माविका विद्यार्थीहरुले करिब १६ किलोमिटर परिक्रमा गरेर विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईसर सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । सेण्टजोसेफ स्टुडेण्ट क्लब र सेण्ट जोसेफ रेडक्रस सोसाईटीको आयोजनामा सेण्टजोसेफ स्टुडेण्ट क्लबका संयोजक सुमन दगामीको संयोजकत्वमा शिक्षकहरु भिम राना, छत्रदीप यादव सहयोगमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । पोखरेलका अनुसार उक्त सचेतना कार्यक्रम व्यानर सहित स्कुलबाट सुरुगरी भलवारी चोक हुँदै पत्थरडाँडा, मधवलिया, कोटिहवा, वभनी, सुपौली, टिकुलीगढ, बनकट्टी, खैरिया, करौजिया हुँदै पुन स्कुल सम्मको १६ किलोमिटर यात्रा गरेर गरिएको थियो । फैलिदो महामारीलाई रोक्नु हामी सबैको कर्तव्य हो भन्दै विद्यार्थीहरुले कोरोना भाईरस लाग्नुका कारण, देखिने लक्षण र रोकथामका लागि अपनाउनु पर्ने विधिको बारेमा लेखिएका पर्चाहरु बाँडेर स्थानियमा चेतनाको विकास गर्न भूमिका खेलेका थिए ।

साग्रिला डेभलपमेन्ट बैंकले गर्यो कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विकास बैंकले शुक्रबार धादिङको जनजागरण मा.वि.को प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई सो सम्बन्धी जानकारी दिएको हो । संस्थाले गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा सहजीकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाको प्रमुख गौरब काफ्ले कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई नी बचाऔँ भन्दै जसका लागि सरसफाई मा विशेष ध्यान दिने,मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए । स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरमिेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरेका छन् । साथै, सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरेका छन् ।