बिओके क्यापिटलको १८ प्रतिशत लाभांश पारित, रजिष्ट्रर्ड कार्यालय नक्सालमा हुने
काठमाडौं । बिओके क्यापिटल मार्केटको प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २० गते सम्पन्न संस्थाको छैटौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशतका दरले हुने ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) पाउने छन् । सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ । साथै, सभाले विशेष प्रस्ताव अन्तर्गत क्यापिटलको रजिष्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटलले ग्राहकलाई सेवाहरु दिँदै आईरहेको छ । र, भविष्यमा प्रविधिहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने क्यापिटल मार्केटले जनाएको छ ।
रिडी हाइड्रोले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आगामी कार्त्तिक २ गते बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । हाइड्रोको २० औं वार्षिक साधारणसभा कार्त्तिक १२ गते बस्दै छ । सभाले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यससँगै कार्त्तिक १ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । सम्बन्धित समाचार रिडी हाइड्रोले १२.६ प्रतिशत लाभांश दिने, डाक्यो साधारणसभा
सेयर कारोबार तीन दिन बन्द
काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज २१ गतेदेखि असोज २३ गतेसम्म बन्द हुने भएको हो । असोज २१ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले बडादशैंको पहिलो दिन भोलि घटस्थापनाको अवसरमा देशभर सार्वजनिक बिदा दिएको हो । त्यस्तै, असोज २२ गते र असोज २३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन सेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ । यससँगै, बजार अब एकैपटक असोज २४ गते आइतबार मात्रै खुल्ने छ । थप समाचार परिसूचकसँगै कारोबार पनि बढ्यो, सिटिजन्स बैंकको सर्वाधिक किनबेच, १६ कम्पनीमा लाग्यो सर्किट