काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् ।
कम्पनीका अनुसार रमेश राज शिवाकोटीले १ लाख २२ हजार १० कित्ता र उमेश राज शिवाकोटीले ३ लाख २८ हजार १५६ कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् ।
उनीहरूले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने आशय व्यक्त गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई सेयर बिक्रीसम्बन्धी जानकारी गराएको हो ।