एभरेष्ट बैंकको समायोजित सेयर मूल्य ६९२.८६ रुपैयाँ कायम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर प्रयोजनका लागि सेयर मूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार कायम भएको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँ ५० पैसाका आधारमा ५ प्रतिशत बोनस सेयरपछि बैंकको समायोजित मूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम गरेको जनाएको छ।

समायोजित मूल्य अब बोनस सेयरसम्बन्धी प्रयोजनका लागि लागू हुनेछ ।

Share News