६२.५० प्रतिशत लाभांश बाँड्ने इक्रा नेपालको घोषणा

काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ६२.५० प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २२ गते काठमाडौंमा १४औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा दिउँसो २ बजे सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Share News